ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि, बालेन, सीके र रेशमसँग मिलेर नेसपा नयाँशक्तिले अभियान चलाउने


abc news
५ असार २०८२, बिहिबार   ६ : १८   बजे

काठमाडौ ५ असार । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०ले रवि लामिछाने, सीके राउत, रेशम चौधरी नेतृत्वको नयाँ र वैकल्पिक पार्टीसँग मिलेर अभियान चलाउन पहलकदमी लिने निर्णय गरेको छ।

नेसपा ९नयाँशक्ति०को बिहीबार बसेको राजनीतिक संवाद समितिको बैठकले उनीहरुसँग मिलेर सुशासन र समसामयिक राजनीतिक विषयमा अभियान चलाउनेगरी पहल लिने भएको उपाध्यक्ष मानुषी यमी भट्टराईले जानकारी दिइन्।

‘अहिले समसामयिक राजनीतिक र जुन सुशासन, भ्रष्टचारको कुरा आइरहेको छ, त्यो अलि पेचिलो बन्दै गएको भएर नयाँ बैकल्पिक, प्रगतिशील र लोकतान्त्रिक पार्टी र समूहहरुबीचमा अलिकति पहलकदमी लिने भन्ने निर्णय भएको छ,’ भट्टराईले नेपालखबरसँग भनिन्।

नयाँशक्तिले रास्वपा, जनमत, नागरिक उन्मुक्ति र विवेकशील पार्टीलाई आफ्नो पार्टीको औपचारिक कार्यक्रममै बोलाउने गरेको छ। ‘हामीले पोहोरदेखि नै नयाँ र बैकल्पिक पार्टीहरुलाई हाम्रो पार्टीको कार्यक्रममा आमन्त्रित गरिरहेका छौँ,’ भट्टराइले भनिन्, ‘त्यसमा विशेषगरी रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, विवेकशील पार्टी लगायत छन्।’

त्यस्तै व्यक्ति र समूह अन्तर्गत काठमाडौँ महानगरका मेयर बालेन शाहलाई पनि अभियानमा समेट्ने प्रयास गरिने उनको भनाइ छ। ‘बालेनजीहरुसँग पनि हो,’ भट्टराईले भनिन्, ‘उहाँहरु पनि नयाँ हो, त्यसैले हामीले पार्टी, समूह र व्यक्ति भनेका छौँ।’

यी दलहरुसँग मिलेर चलाइने अभियान मुद्दाकेन्द्रित हुने नयाँ शक्तिको भनाइ छ। भट्टराईले भनिन्, ‘अब चाहिँ मुद्दाकेन्द्रित संयुक्त अभियान नै संञ्चालन गर्नेगरी पहल कदम लिने निर्णय गरेका छौँ।’

अनि, अभियान हुँदै चुनावसम्म पनि सँगै जाने योजना पनि हो भन्ने नेपालखबरको प्रश्नमा उनले भनिन्, ‘चुनावसम्म हामी हेर्दै जाउँला, अहिले यो मुद्दाकेन्द्रित हौँ भनेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu