ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२०आई सिरिजमा नेपाल ६ विकेटले विजयी


abc news
५ असार २०८२, बिहिबार   ११ : १४   बजे

काठमाडौ, ६ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकालेको छ । नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन जोडे । ५१ बलमा उनले ६ चौका प्रहार गरे । आरिफ शेखले आक्रामक ब्याटिङ गरे । उनले २३ बलमा ३९ रन बनाए ।

आसिफ शेख ७, भीम सार्की २७ र कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी १६ र लोकेश बम १२ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए । ५३ बलमा उनले ५ छक्का र ६ चौका प्रहार गरे । लेभिट १४ ओभर ३ बलमा करण केसीको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे । सकिब जुल्फिकारले १४ रनको योगदान दिए ।

लेभिटले जुल्फिकारसँग मिलेर पाँचौं विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । रोएलफ भ्यान डेर मेवेले र आर्यन दत्तले आठौं विकेटका लागि ४५ रनको अविजित साझेदारी गरे ।

बलिङमा नेपालका करण केसीले २, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र ललित राजवंशीले एकएक विकेट लिए । नेपालले अब सिरिजको अन्तिम खेल स्कटल्याण्डसंग शुक्रबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति यी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

परिवर्तनको आन्दोलनलाई घात नगर्न प्रधानमन्त्री पद अस्वीकार गरेँ: रवि लामिछाने

सम्बन्धित

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu