ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले संसद्‌लाई हेप्यो – माओवादी केन्द्र


abc news
६ असार २०८२, शुक्रबार   १२ : ५१   बजे

काठमाडौ ६ असार । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई हेपेको टिप्पणी गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै आकस्मिक समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो टिप्पणी गरेका हुन् ।

‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन’, पाण्डेले भने ।

बारम्बार संसद्को कार्यसूची आउने र कार्यसूचीमा आएको विषय हटाउने भइरहेको उनले बताए । पाण्डेको प्रश्न छ, ‘कार्यसूचीमा विषय हाउने र हटाइनेको कारण के रु’

बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीको अनुपस्थिति रहेको भनेर पनि उनले प्रश्न उठाए । मन्त्रीको अनुपस्थितिमा छलफल चलाउनु प्रतिनिधि सभा नियमावली विपरित हुने उनले बताए ।

मन्त्रीको अनुपस्थितिबेगर छलफल गराए प्रतिनिधि सभा नियमावलीको ठाडे उल्लघंन हुने उनले बताए । उनी प्रश्न गर्छन, ‘नियमावलीलाई हामीले पालना गर्नुपर्ने अनि सरकारले चाहीँ पालना गर्न नपर्ने रु यो कहाँसम्मको अन्याय हो रु’

समयमौ मन्त्रालगत बजेटको किताब नपाएका कारण सांसदले खर्च कटौतीको प्रस्ताव समेत राख्न नपाएको उनको गूनासो छ ।

संसदमा जारी रहेको अवरोध हटाउन पनि सरकारले अग्रसरता नलिएको उनको आरोप छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संसद्को बैठक बहिष्कार गरेको छ ।

विगतमा रास्वपाका सांसदहरू वेल घेरेर बसेका थिए । शुक्रबारबाट रास्वपाका सांसदहरूले पनि सदनको कामकारबाही बहिष्कार गरेका छन् ।

राप्रपाका सांसदहरूले भने यसअघि देखि नै सदनको कामकारबाही बहिष्कार गर्दै आएका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने वा उच्च स्तरीय न्यायीक छानबिन आयोग गठन हुनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group