ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसामा रास्वपा-राप्रपा एकै कित्तामा


abc news
६ असार २०८२, शुक्रबार   २ : ३५   बजे

काठमाडौ ६ असार । भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा०ले एउटै शैली अपनाएको छ ।

बिहीबारसम्म राप्रपा र रास्वपाको विरोधको शैली फरक थियो । राप्रपाका सांसदहरूले सदनको कामकारबाही बहिष्कार गर्दै आएका थिए । रास्वपाका सांसदहरूले वेल घेराउ र नारावाजी गर्दै आएका थिए ।

तर, शुक्रबार रास्वपाका सांसदहरूले समेत प्रतिनिधिसभाको कामकारबाही बहिष्कार गरे । यो सँगै राप्रपा र रास्वपाको विरोधको शैली मिलेको हो ।

बिहीबार राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएर सबै दलको साझा मुद्दा रहेको बताएका थिए ।

‘यो भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । यो हामी सम्पूर्णको साझा मुद्दा हो,’ प्रमुख सचेतक शाहीले भनेका थिए । २०६४ साल देखिको समस्या भएकाले सबै मिलेर समस्या समाधानमा अगाडि बढ्नुपर्ने उनले बताए ।

भिजिट भिसा प्रकरणका सबै दल एकै ठाउँमा रहेर अगाडि बढ्नुपर्ने उनको अपिल थियो । ‘मानव बेचबिखनविरुद्ध हामी एकजुुट बनौं । यो कुनै व्यक्तिको कुरा होइन । कुनै दलको मात्रै मुद्दा होइन’ उनले भनेका थिए ।

जबसम्म भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन हुँदैन तबसम्म संसद् बैठक बहिष्कार गर्ने उनले बताएका थिए । शुक्रबारबाट रास्वपाका सांसदहरूले पनि संसद् बैठक बहिष्कार गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu