ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले इरानमा खतरनाक जीबीयू-५७ बम हानेको अनुमान


abc news
८ असार २०८२, आइतबार   ११ : २५   बजे

काठमाडौ ८ असार । अमेरिकाले शनिबार रातिदेखि इरानमा आक्रमण सुरु गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक स्थल- फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण पूरा गरिसकेको घोषणा गरेका छन्।

ट्रम्पले भनेको आक्रमणमा सबैभन्दा बढी चर्चा भइरहेको हतियार हो- म्यासिभ अर्डनेन्स पेनिट्रेटर। अमेरिकाले इरानविरुद्ध यही हतियार प्रयोग गरेको अनुमान छ।

यसको आधिकारिक नाम जीबीयू-५७ हो। यसको अर्थ गाइडेड बम युनिट हो र ५७ यसको डिजाइन नम्बर हो।

जीबीयू-५७ लाई अमेरिकाले मात्र प्रभावकारी रूपमा प्रयोग गर्न सक्छ र यो मिसौरीको ह्वाइटम्यान एयर फोर्स बेसबाट उडान गर्ने बी-टु स्पिरिट स्टेल्थ बमवर्षकबाट गरिन्छ।

रोयटर्सका अनुसार, एक अमेरिकी अधिकारीले इरानविरुद्धको आक्रमणमा बी-टु बमवर्षक संलग्न रहेको बताएका छन्।

यसअघि अमेरिकाले गुआम टापुमा अमेरिकी बी-टु स्टिल्थ बमवर्षक पठाएको रिपोर्ट सार्वजनिक भएको थियो। यसपछि अमेरिकाले इरानविरुद्धको आक्रमणमा यही प्रयोग गरेको ठानिएको छ।

अमेरिकाको शक्तिशाली ‘बंकर–बस्टर’ बमले इरानको आणविक पहाड भत्काउन सक्छ तरु
जीबीयू-५७ बम कति खतरनाक ?
सरल शब्दमा भन्नुपर्दा यसको तैनाथी यस प्रकार छस् लक्ष्य चयन गरिन्छ, लक्ष्यलाई बम विस्फोटक विमानको टार्गेटिङ सिस्टममा राखिन्छ र त्यसपछि यो जानकारी बममा स्थानान्तरण गरिन्छ।

सटिक निर्देशन उपग्रह नेभिगेसनमार्फत गरिन्छ। भारी बम सामान्यतया ५० हजार फिटको उचाइबाट खसालिन्छ, जसले यसलाई धेरै गतिको ऊर्जा (काइनेटिक इनर्जी) दिन्छ। अर्थात्, गतिबाट उत्पन्न हुने ऊर्जा जसले बमलाई जमिनमा गहिरो रूपमा प्रवेश गर्ने शक्ति दिन्छ।

बमको बाहिरी भाग विशेष रूपमा बलियो बनाइएको छ ताकि यो ठोकिँदा यसको संरचना अक्षुण्ण रहन्छ।

यसको पछाडिको भागमा जडान गरिएको ढिलाइ फ्युजिङ प्रणालीले ५,३०० पाउन्डको विस्फोटक पदार्थ सही गहिराइमा विस्फोट हुने कुरा सुनिश्चित गर्छ। प्रायः एकभन्दा बढी बम खसालिन्छ, पहिलो बम बाटो बनाउन र दोस्रो वा अन्य बम कुनै पनि लक्ष्यलाई पूर्ण रूपमा नष्ट गर्न। यी सबै एकै बिन्दुमा खसालिन्छन्।

आणविक हतियारहरूलाई एकछिन छाड्ने हो भने जीबीयू(५७ बमलाई संसारको सबैभन्दा ठूलो ुबंकर बस्टरु बम भनिन्छ। अमेरिकासँग मात्र यो बम छ।

लगभग १३ हजार ६०० किलोग्राम तौल भएको यो हतियार, जसको सटिक लक्ष्य छ, सम्भवतः इरानको भूमिगत आणविक स्थल फोर्डोमा पुग्न सक्छ। फोर्डो आणविक केन्द्र पहाडभित्र छ।

अमेरिकी सरकारका अनुसार, जीबीयू(५७ एक ुखतरनाक प्रवेश हतियारु हो, जसमा गहिराइमा गाडिएको तथा बलियो बंकरसहित सुरुङमा आक्रमण गर्ने क्षमता छ।

यो ६ मिटर लामो बम विस्फोट हुनुअघि सतहबाट लगभग ६१ मिटर तल प्रवेश गर्न सक्षम मानिन्छ। यसमार्फत एकपछि अर्को धेरै बम खसाल्न सकिन्छ, ताकि प्रत्येक विस्फोटका साथ बम गहिरो ड्रिल गर्न सकियोस्।

यो बोइङ कम्पनीद्वारा बनाइएको हो र एमओपी कहिल्यै युद्धमा प्रयोग गरिएको छैन। यो हतियार अमेरिकाको न्यु मेक्सिको प्रान्तको ह्वाइट स्यान्ड्स मिसाइल रेन्जमा परीक्षण गरिएको छ।

यो म्यासिभ अर्डनेन्स एयर ब्लास्ट ९एमओएबी० भन्दा बढी शक्तिशाली हतियार हो। एमओएबी ९ हजार ८०० किलोग्राम तौल भएको हतियार हो, जसलाई ‘सबै बमको आमा’ भनेर चिनिन्छ।

सन् २०१७ मा अफगानिस्तानमा भएको युद्धको समयमा यसको प्रयोग गरिएको थियो।

इजरायलसँग युद्ध गरिररहेको इरानमा अमेरिकाले गएराति बम हमला गरेको हो। इरानस्थित फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

इरानले पनि अमेरिकाबाट आक्रमण भएको पुष्टि गरेको छ।

इरान अझै शान्तिको बाटोमा नआए थप ठूला हमला गरिने चेतावनी ट्रम्पले दिएका छन्।

यसैबीच संयुक्त राष्ट्रसंघले इरानमा अमेरिकाको आक्रमणप्रति गम्भीर चिन्ता प्रकट गरेको छ।

सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ।

यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।

उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ।

यहीबीच अमेरिकाले पनि इरानमा आक्रमण थालेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group