ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा आक्रमण: अमेरिकाकै डेमोक्र्याट नेताहरूद्वारा निन्दा, ट्रम्पविरुद्ध महाभियोगको आधार बन्ने चेतावनी


abc news
८ असार २०८२, आइतबार   १२ : ०५   बजे

काठमाडौ ८ असार । अमेरिकाले इरानमा गरेको आक्रमणप्रति अमेरिकाकै डेमोक्र्याटिक पार्टीका नेताहरूले विरोध जनाएका छन्।

अमेरिकाले गएराति इरानका तीन आणविक स्थल( फोर्डो, नातान्ज र इस्फहानमा बम हानेको हो।

यो आक्रमणले विश्वमै अशान्ति फैलिन सक्ने भनेर संयुक्त राष्ट्रसंघले चिन्ता प्रकट गरिरहेका बेला अमेरिकाकै डेमोक्र्याटिक पार्टीका धेरै नेताले अमेरिकाले इरानमा गरेको हमलाको निन्दा गरेका हुन्।

कंग्रेस सदस्य अलेक्जान्ड्रिया ओकासियो(कोर्टेजले यो आक्रमण संविधान र कंग्रेसको युद्धसम्बन्धी अधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै ट्रम्पविरुद्ध महाभियोगको आधार बनेको बताइन्।

उनले एक्समा लेखेकी छन्, ‘उनले हतारमा यस्तो कदम चालेका छन्, जसले हामीलाई धेरै लामो समयसम्म फसाउन सक्ने युद्ध सुरु गर्न सक्छ।’

कंग्रेसका अर्का सदस्य रशिदा तालिबले पनि आक्रमणको निन्दा गरेकी छन्। उनले पनि यो संविधानको घोर उल्लंघन भएको उल्लेख गर्दै कंग्रेसलाई तुरुन्तै हस्तक्षेप गर्न अपिल गरेकी छन्।

उनले भनेकी छन्, ‘हामीले देखेका छौँ( ुविनाशका हतियारुको झुटा दाबीले मध्य पूर्वमा दशकौँसम्म चलेको अन्तहीन युद्धले हामीलाई कहाँ पुर्‍याउँछ। हामी फेरि त्यो पासोमा पर्नु छैन।’

साथै कंग्रेसका अर्का सदस्य जिम म्याकगभर्नले यो अवस्थालाई ुउन्मादुको संज्ञा दिएका छन्।

उनले भनेका छन्, ‘ट्रम्पले कंग्रेसको स्वीकृतिबिना इरानमा बम विस्फोट गराए र हामीलाई मध्यपूर्वमा युद्धमा अवैध रूपमा तान्यो। हामीले अझै कुनै पाठ सिकेका छैनौँरु’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu