ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा आक्रमण गरेर ट्रम्पले कति ठूलो जोखिम उठाए?


abc news
८ असार २०८२, आइतबार   २ : १४   बजे

काठमाडौ ८ असार । यस वर्ष जनवरीमा दोस्रोपटक अमेरिकाको सत्तामा फर्किंदा डोनाल्ड ट्रम्पले आफूलाई ुशान्ति निर्माताु भनेका थिए। तर अहिले उनले एकाएक इरान र इजरायलबीचको जटिल द्वन्द्वमा हात हालेका छन्।

राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्न सकेका छैनन्। बरु अब उनले एउटा ठूलो युद्धको संघारमा रहेको क्षेत्रको नेतृत्व गरिरहेका छन् र अमेरिकालाई त्यसमा प्रत्यक्ष संलग्न गराएका छन्।

इरानमा अमेरिकाले आक्रमण गरेको दुई घण्टापछि ट्रम्पले ह्वाइट हाउसबाट राष्ट्रलाई सम्बोधन गरे। र, यसलाई ुठूलो सफलताु भनेर वर्णन गरे। अब स्थायी शान्तिको बाटो खोलिने र इरान आणविक शक्ति बन्ने सम्भावना सकिएको दाबी गरे।

उता इरानले भने फोर्डो आणविक स्थलमा थोरै मात्र क्षति भएको बताएको छ।

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स, विदेश सचिव मार्को रुबियो र रक्षा सचिव पिट हेगसेथसँगै उभिएर ट्रम्पले इरानलाई चेतावनी दिए, ूयदि उसले आफ्नो आणविक कार्यक्रम त्यागेन भने भविष्यका आक्रमण अझ ‘विनाशकारी र सजिलाू हुनेछन्।’

तर ट्रम्पले जेजस्ता दाबी गरे पनि इरानविरुद्ध निरन्तर अमेरिकी सैन्य संलग्नता अमेरिका, मध्यपूर्व र विश्वकै लागि खतरनाक हुन सक्ने बताउन थालिएको छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पहिलेदेखि नै ‘तनावको अवस्थामा’ रहेको मध्यपूर्वमा अमेरिकाको कदमले ूअराजकताको शृंखला’ निम्त्याउन सक्ने चेतावनी दिइसकेका छन्।

इरानले पनि अमेरिकासँग बदला लियो भने स्थिति साँच्चै बिग्रिन सक्छ।

ुदुई हप्ताु बन्यो दुई दिन१

यस हप्ताको सुरुमा ट्रम्पले ‘इरानले बिनासर्त आत्मसमर्पण गर्नुपर्छ’ भनेपछि उनलाई त्यसबाट पछि हट्न गाह्रो बनायो। इरानले पनि अमेरिकाविरुद्ध धम्की दिएर आफूलाई यस्तै अवस्थामा उभ्यायो।

बिहीबार ट्रम्पले इरानलाई दुई हप्ताको समयसीमा दिएका थिए तर त्यसको २ दिनमै शनिबार इरानविरुद्ध हमला भयो।

प्रश्न उठेको छ( ‘दुई हप्ताको समयसीमा’ केवल छलकपट थियोरु वा ट्रम्पले चुनेका शान्तिप्रिय स्टिभ विटकफको नेतृत्वमा भएको पर्दा पछाडिको वार्ता असफल भयोरु

आक्रमणपछि धेरै जानकारी बाहिर आइसकेका छैनन्। तर सामाजिक सञ्जाल र राष्ट्रलाई सम्बोधनमार्फत ट्रम्पले शान्तिको बाटो खोल्ने प्रयास गरेको दाबी गरेका छन्।

इजरायलले इरानको सैन्य क्षमता कमजोर पार्ने प्रयास गरेको छ, तर अयातोल्लाहसँग अझै पनि हतियार छन्। परिस्थिति यस्तै रह्यो भने अवस्था धेरै चाँडै बिग्रन सक्छ।

अब प्रतीक्षाको विषय बनेको छ( इरानले आक्रमणको जवाफ कसरी देलारु

अमेरिकाले आक्रमण गरेका इरानका तीन आणविक स्थलमा फोर्डो पनि एक हो। जसलाई इरानको आणविक कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण भाग मानिन्छ।

ट्रम्पलाई आशा छ( अमेरिकाको आक्रमणले इरानलाई वार्ताको टेबलमा आउन बाध्य पार्नेछ।

तर इजरायली आक्रमणको सामना गर्दा वार्ता गर्न तयार नभएको देश अमेरिकी बम खसेपछि वार्ता गर्न तयार हुने सम्भावना कम देखिन्छ।

ट्रम्पले आक्रमण सफल भयो भनेर दाबी गरिरहेका छन्। तर इरानको बलियो रूपमा संरक्षित आणविक स्थल नष्ट गर्न साँच्चै सफल भयो कि भएन भनेर जान्न समय लाग्नेछ।

यदि त्यसो भएको रहेनछ भने फेरि आक्रमण गर्ने दबाब बढ्नेछ वा राष्ट्रपतिले सानो सैन्य लाभका लागि ठूलो राजनीतिक जोखिम लिनुपर्नेछ।

अमेरिकी राजनीतिमा ट्रम्पलाई पर्ने असर
यस जोखिममा घरेलु राजनीतिक चिन्ताका साथै अन्तर्राष्ट्रिय सुरक्षाका प्रश्न छन्।

इरानमा अमेरिकी आक्रमणविरुद्ध डेमोक्र्याटहरूका साथै ट्रम्पको आफ्नै ‘अमेरिका पहिलो’ विचारधाराका पक्षधरबाट तीव्र आलोचना सुरु भइसकेको छ।

आफ्नो असामान्य कदमपछि राष्ट्रपति ट्रम्पले आफ्ना तीन निकटतम सल्लाहकारका साथ राष्ट्रलाई गरेको सम्बोधन पार्टीभित्र एकता देखाउने प्रयास हुन सक्छ।

विशेषगरी उपराष्ट्रपति भान्सले खुला रूपमा संयमित अमेरिकी विदेश नीतिलाई समर्थन गरेका छन् र हालै सामाजिक सञ्जालमा ट्रम्प एक गैरहस्तक्षेपवादी नेता रहेको तर्क गरेका छन्।

यदि यो आक्रमण एकपटकको कार्यमै सीमित रह्यो भने त ट्रम्पले आफ्ना समर्थकहरूबीचको खाडल कम गर्न पनि सक्छन्। तर यसले अमेरिकालाई ठूलो युद्धामा तान्याने भने स्वघोषित ‘शान्ति निर्माता’ ट्रम्पले आफ्नै जनताको विद्रोह सामना गर्नुपर्ने हुन सक्छ।

इरानविरुद्ध शनिबारको आक्रमण ट्रम्पको एउटा आक्रामक कदम थियो, जसले आफ्नो पहिलो कार्यकालमा कुनै नयाँ युद्ध सुरु नगरेकामा गर्व गरिरहेका थिए। अनि ट्रम्प तिनै व्यक्ति हुन्, जसले गत वर्ष चुनावी अभियानका क्रममा अमेरिकालाई विदेशी युद्धमा तान्ने पूर्वराष्ट्रपतिहरूको आलोचना गरेका थिए।

ट्रम्पले जुन कदम चालेका छन्, अब त्यो कसरी अगाडि बढ्नेछ भन्ने कुरा स्वयं उनको नियन्त्रणमा छैन। बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group