ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट फर्किएका युवकको बाटोमै हत्या, ५ वर्षपछि पक्राउ परे आरोपी


abc news
९ असार २०८२, सोमबार   १ : ३३   बजे

काठमाडौ ९ असार । अछाममा कर्तव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन्।

जिल्लाको रामारोशन गाउँपालिका – ६ का ३६ बर्षीय झपड साउँद र ३४ बर्षीय कुले साउँद आइतबार बेलुकी पक्राउ परेका हुन्।

फरार प्रतिवादीलाई खोज तलास गर्ने क्रममा प्रहरी चौकी सान्तडाबाट खटिएको प्रहरी टोलीले रामारोशन – ६ स्थित भाटाकाटियाबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले पक्राउ परेका दुबै जनाबिरुद्ध रामारोशन – ६ कै गगन साउँदको कर्तव्य गरी हत्या गरेको सम्बन्धि मुद्दा छ। त्यसयता दुबै जना फरारको सूचिमा थिए।

२०७८र०७र२१ गते रम्तडादेखि टुडिसैन जाने बाटो बीचको सालघारीमा गगनको हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

डिएसपी भण्डारीका अनुसार गगन त्यो दिन छिमेकी देश भारतबाट घर फर्किरहेका थिए।

उनी रोजगारीका लागि भारत आउजाउ गरिरहन्थे। हत्यामा संलग्न भनिएका व्यक्तिहरुसँग गगनको पहिलै चिनजान थियो। उनीहरु आपसमा साथी साथी थिए। उनीहरु नातेदार पनि हुन्।

घर आउँदै गरेका गगनको बाटोमा दुई साथीहरुसँग भेट भएपछि उनीहरु मिलेर बिचमै मदिरा सेवन गरेका थिए। त्यही बीचमा श्रीमतिले फोन गर्दा गगनले आफू गाउकै झपड र कुलेसँग बाटोमा भेट भएको हुँदा नास्ता खाएर संगै आउने खबर गरेका थिए।


तर, भारतबाट घर फर्किदै गरेका गगन घर पुगेनन्। खोजी गर्ने क्रममा उनको शव सल्लाघारीमा फेला परेको थियो। लामो समय घटना गुपचुप रह्यो । गगनको लडेर मृत्यु भएको भनेर घटना ढाकछोप गर्न खोजिएको थियो।

गगनकी श्रीमतीले आफूलाई घर फर्किदै गरेका श्रीमानले बाटोमा भनेका कुराहरु खुलाएर प्रहरीमा जाहेरी दिएकी थिइन् उनीहरुका बीचमा पक्राउ पूर्जी जारी भएपछि आरोपित दुवैजना फरार रहेका थिए। अहिले सोही पक्राउ पुर्जीको आधारमा प्रहरीले दुई जना हत्या आरोपितलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन थालेको हो।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय अछामा ल्याएर थप अनुसन्धान भइ रहेको डिएसपी भण्डारीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group