ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दृष्टिका प्रकाशक शम्भु श्रेष्ठलाई तीन दिनभित्र उपस्थित गराउन विशेषको आदेश


abc news
१० असार २०८२, मंगलबार   ५ : ०३   बजे
whatsapp sharing button

काठमाडौ १० असार । विशेष अदालतको बृहत इजलासले दृष्टि साप्ताहिकका प्रकाशक शम्भु श्रेष्ठ लगायतलाई बयानका लागि तीन दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले अदालतको अवहेलना सम्वन्धी प्रतिवेदनमाथिको छलफलपछि दृष्टिका संस्थापक श्रेष्ठ सहित सम्पादक एमपी सुब्बालाई उपस्थित हुन आदेश दिएको हो ।

विशेष अदालतले अवहेलना आकर्षित हुने गरी प्रकाशित भएको भनिएको समाचारमा कुनै परिमार्जन नगरी यथास्थितिमा राख्न पनि आदेश दिएको छ । यस्तै अवहेलनाको मुद्दालाई फौजदारी लगतमा समावेश गर्न आदेश दिएको छ । फौजदारी लगतमा परेको अवहेलना मुद्दामा आरोपितहरुलाई अदालतमा उपस्थित नै गराएर बयान लिइन्छ ।

विशेष अदालतका ६ जना कर्मचारीहरुले दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै प्रतिवेदन पेश गरेका थिए । त्यही प्रतिवेदनमाथि सुनुवाइ गर्न ६ जना न्यायाधीश सम्मिलित इजलास गठन भएको थियो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

दृष्टिका प्रकाशक शम्भु श्रेष्ठलाई तीन दिनभित्र उपस्थित गराउन विशेषको आदेश

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group