ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले युद्धविराम उल्लंघन गरेपछि ट्रम्पको चर्को असन्तुष्टि


एबीसी न्यूज
१० असार २०८२, मंगलबार   ८ : १३   बजे

काठमाडौं १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानमाथि आक्रमण कडा चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले इजरायल र इरान दुवैले युद्धविराम उल्लंघन गरेको भन्दै ‘इजरायलप्रति निकै असन्तुष्ट’ भएको बताएका छन्। उनले इजरायललाई बम खसाल्न बन्द गर्न र ‘तुरुन्तै आफ्ना पाइलटहरूलाई घर फर्काउन’ आह्वान गरेका छन् ।
ट्रम्पले आफ्नो सोसल साइटमा लेखेका छन्ः’इजरायलले इरानमाथि आक्रमण गर्ने छैन। सबै विमानहरू फर्किनेछन् र घर फर्कने क्रममा इरानप्रति मैत्रीपूर्ण ‘प्लेन वेभ’ गर्नेछन्। कसैलाई चोटपटक लाग्ने छैन, युद्धविराम प्रभावमा छ ! यो विषयमा ध्यान दिनुभएकोमा धन्यवाद!’

इजरायली रक्षामन्त्री इजरायल काट्जले तेहरानमाथि ‘तीव्र आक्रमण’ को आदेश दिएको कारणमा इरानले अमेरिका र कतारद्वारा मध्यस्थता गरिएको युद्धविराम उल्लंघन गरेको जबाफ भन्दै आफ्नो युद्धोन्मादी रबैयाको बचाउ गरेका छन् ।
इरानले भने इजरायलको यस्तो दाबी अस्वीकार गरेको छ । तेहरानले पनि इजरायलको कुनै पनि युद्धविराम उल्लंघनको जवाफमा निर्णायक रूपमा प्रतिक्रिया दिन आफ्ना सेनाहरू तयार रहेको चेतावनी फर्काएको छ ।
इरानले सोमबार आफ्ना आणविक स्थलहरूमा भएको अमेरिकी आक्रमणको प्रतिक्रियाका रुपमा कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइलहरू प्रहार गरेको थियो ।
इरानका अनुसार, इजरायलले जुन १३ मा आक्रमण शुरू गरेदेखि ४०० भन्दा बढी व्यक्ति (१३ बालबालिका समेत), मारिएका छन् भने कम्तीमा ३,०५६ जना घाइते भएका छन्। इजरायलमा इरानी आक्रमणबाट कम्तीमा २८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपतिको युद्धविराम प्रस्तावलाई उसकै सहयोगी र व्यक्तिगत रुपमा राष्ट्रपति ट्रम्पका अभिन्न मित्र जस्ता देखिएका बेन्जामिन नेतान्याहुले युद्धविराम उल्लंघन गर्दा अमेरिकी बर्चस्व दाउमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group