ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं महानगरपालिकाबाहेक पाँच वटा महानगरले समयमा ल्याए बजेट: पोखरा सबैभन्दा बढी, वीरगञ्ज कम


abc news
१० असार २०८२, मंगलबार   ८ : २५   बजे

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाबाहेक देशको अन्य पाँच वटा महानगरले बजेट समयमा ल्याएका छन् । पाँच महानगरमा सबैभन्दा ठूलो बजेट पोखरा महानगरले ल्याएको छ, भने सबैभन्दा सानो आकारको बजेट वीरगञ्जले ल्याएको छ ।

पोखराले ८ अर्ब ३५ करोडको बजेट ल्याउँदा ३ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्र ल्याएको छ । सबैभन्दा ठूलो बजेट ल्याउने काठमाडौंको भने बजेट आउने नआउने अन्योल छ ।

पोखरा महानगरको बजेट आठ अर्ब ३५ करोड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि आठ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ ।

महानगरपालिकाको १७औँ नगरसभा बैठकमा आइतबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी थिइन् ।

बजेटमा सङ्घीय सशर्त अनुदान तीन अर्ब १३ करोड, सङ्घीय राजस्व बाँडफाँट ३३ करोड आठ लाख, सङ्घीय समानीकरण अनुदान ५२ करोड ८७ लाख र प्रदेश समानीकरण अनुदान आठ करोड १५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तैस आगामी वर्ष आन्तरिक आय पाँच अर्ब २२ करोड, स्थानीय राजस्व बाँडफाँट एक अर्ब एक करोड, प्रदेश राजस्व बाँडफाँट चार करोड २८ लाख हुने जनाइएको छ ।

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२र२०८३ को लागि बजेट ल्याएको छ ।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट ल्याएकी हुन् ।

चालु खर्चतर्फ दुई अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगत तर्फ चार अर्ब ६७ करोड ९४ लाख र २३ हजार रुपैयाँ बजेट विनियोजन बज्राचार्यले गरेकी छन् ।

ललितपुरको चालु आर्थिक वर्ष २०८२र८३ मा ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बजेट ल्याएको थियो ।

भरतपुरले ल्यायो पाँच अर्ब १९ करोडको बजेट

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका थिए ।

कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख, सङ्घीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड चार लाख ४१ हजार अनुमान गरिएको छ ।

जनसहभागिताबाट पाँच करोड, बैङ्क मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

विराटनगरको बजेट ४ अर्ब ४० करोड

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गरेको छ । उप प्रमुख शिल्पा कार्कीले प्रस्तुत गरेको बजेटको आकार ४ अर्ब ४० लाख रुपैयाँको रहेको छ ।

बजेटमा समानीकरण अनुदान सङ्घ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, नगद मौज्दात १४ करोड, सङ्घीय सरकार सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र अन्य सङ्घ संस्थाबाट १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको सावा व्याज भुक्तानीका लागि ५ करोड, चालु आवको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरूका लागि ८ करोड विनियोजन गरेको छ ।

वीरगन्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट

वीरगन्ज महानगरले आगामी आर्थिक वर्ष २०८२र८३ का सोमबार लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

महानगरको नगरसभाको १७औँ अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आवको आयव्ययसहितको बजेट प्रस्तुत गरेका थिए ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात् कुल बजेटको ७० दशमलव २४ प्रतिशत बजेट विनियोजन गरेको छ ।

त्यस्तैस महानगरले पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कुल बजेटको २८ दशमलव ६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख अर्थात् एक दशमलव १२ प्रतिशत विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu