ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँसहित यी ५६ जिल्लामा बाढीको जोखिम


abc news
११ असार २०८२, बुधबार   ११ : १७   बजे

काठमाडौ ११ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज ९असार ११, बुधबार० पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

बाढी महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ।

बाढी महाशाखाले जारी गरेको बुलेटिनमा आजसमेत तीन दिन ९शुक्रबारसम्म० कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू, साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि बढ्न सक्ने तथा कोसी, नारायणी नदी, कन्काई र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने आकलन रहेकाले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।

जिल्लाका हिसाबले चाहिँ बाढी महाशाखाले आज काठमाडौँसहित ५६ जिल्लालाई सतर्कताको सूचीमा राखेको छ।

यी प्रदेशमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना
जसअनुसार आज सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, धादिङ, गोरखा, तनहुँ, गुल्मी, कास्की, पर्वत, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, डोटी, डडेलधुरा, बैतडी, बझाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।

साथै झापा, इलाम, पाँचथर, संखुवासभा, धनकुटा, दोलखा, नुवाकोट, मोरङ, सुनसरी, रौतहट, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, उदयपुर, चितवन, सल्यान, ताप्लेजुङ, खोटाङ, सिराहा, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, रुकुमपूर्व, अर्घाखाँची, प्युठान, सुर्खेत, कपिलवस्तु, दाङ, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, डोटी, दैलेख, अछाम, दार्चुला, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम देखिएकाले ती नदीका तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन जरुरी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu