ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिणपश्चिम चीनमा बाढीका कारण ८० हजार जना भन्दा धेरै विस्थापित


abc news
११ असार २०८२, बुधबार   ४ : ०७   बजे

काठमाडौ ११ असार । चीनको दक्षिणपश्चिममा आएको बाढीका कारण ८० हजार जनाभन्दा धेरै विस्थापित भएका छन् । दक्षिणपश्चिम गुइझोउ प्रान्तमा हिजो दिउँसोसम्म झन्डै ८० हजार ९ सय जनालाई सुरक्षित ठाउँमा सारिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रोङजियाङ काउन्टीमा एउटा फुटबल मैदान ‘तीन मिटर पानीमुनि डुबेको’ छ । बाढीले छिमेकी गुआङ्सी क्षेत्रमा पनि असर पारेको छ । ठूलो वर्षाका कारण मध्य चिनियाँ प्रान्त हुनानमा गएको हप्ता १०औं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । टाइफुन वुटिपका कारण आएको बाढीपछि केही दिनअघि नै दक्षिणी चीनमा झन्डै ७० हजार मानिस विस्थापित भएका थिए ।

चिनियाँ अधिकारीहरूले गएको हप्ता ६ वटा क्षेत्रमा पहाडी बाढीका लागि वर्षको पहिलो रातो चेतावनी जारी गरेका थिए । हरितगृह ग्यास उत्सर्जनले बढाएको जलवायु परिवर्तनले यस्ता चरम मौसमी घटनाहरू भइरहेका वैज्ञानिकहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

गएको वर्ष चीनको रेकर्डमा सबैभन्दा तातो थियो र पछिल्लो चार वर्ष अहिलेसम्मकै सबैभन्दा तातो थियो । चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक हो तर नवीकरणीय ऊर्जाको पावरहाउस पनि हो । चीनले सन् २०६० सम्ममा कार्बन डाइअक्साइड उत्सर्जनलाई शुद्ध शून्यमा कटौती गर्न खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu