ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौ महानगरको बजेट ल्याउन मेयर शाहलाई बजेट तर्जुमा समितिको ध्यानाकर्षण


abc news
११ असार २०८२, बुधबार   ४ : १२   बजे

काठमाडौ ११ असार । काठमाण्डौ महानगरपालिकाको बजेट तर्जुमा तथा कार्यक्रम समितिले तत्काल कार्यपालिका बैठक बोलाएर बजेट सार्वजनिक गर्न मेयर बालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ ।

आज बसेको समितिको बैठकले पटक–पटक दबाव दिँदा पनि मेयर शाहले बेवास्ता गरेको आरोप लगाउँदै बैठक बोलाउन आग्रह गरेको हो । प्रवक्तासमेत रहेका समितिका सदस्य नवीन मानन्धरले बजेट ल्याउन पहल गर्नुपर्ने मेयरले नै समन्वय नगरेका कारण असार १० गतेभित्र बजेट ल्याउन नसकेको बताउनुभयो ।

पालिकाहरूले असार १० गतेभित्र आउँदो आर्थिक वर्षको बजेट पालिका सभामा पेश गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । ६ वटा महानगरपालिकामध्ये काठमाण्डौ महानगरले मात्रै तोकिएको समयसीमाभित्र बजेट ल्याउन नसकेको हो । धरान उपमहानगरपालिकाले पनि बजेट ल्याउन सकेन ।

यस्तै देशभरका सात सय ५३ पालिकामध्ये असार १० गतेभित्र ३९ वटा पालिकाले बजेट ल्याएका छैनन् । यसमा १५ गाउँपालिका र २४ नगरपालिका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu