काठमाडौं, १६ चैत । आफ्ना मागहरुलाई चैत्र महिनाभित्र पूरा गर्न भन्दै प्रा डा गोविन्द केसीले सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् ।
शुक्रबार विज्ञप्ती जारी गर्दै डा. केसीले आफ्ना चारबुँदे माग चैत्र मसान्तसम्म पूरा गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर यथारुपमा पारित गर्न, चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गरी दोषीलाई कारबाही गर्न लगाएतका मागहरु उनको छ ।
त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिनु पर्ने र त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजमा सरकारले तोके अनुरुप स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार कायम गर्नु पर्ने उनको माग छ । यस्तै निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गरेर उचित कारवाही गर्न समेत डा. केसीले सरकार समक्ष माग गरेका छन् ।
आफ्ना मागहरुलाई सरकारले चैत्र महिनाभित्र पूरा नगरे अनसन बस्ने डा. केसीले चेतावनी दिएका छन् । जारी विज्ञप्तमा भनिएको छ, ‘मागहरु चैत्र महिनाभित्र पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं । नभए सत्याग्रह आन्दोलन शुरु गर्ने जानकारी गराउँछौं ।’
प्रतिक्रिया दिनुहोस्