ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको पक्षबाट बहस गर्न १०० जनाभन्दा बढीले टिपाए नाम


abc news
११ असार २०८२, बुधबार   ४ : ३८   बजे

काठमाडौ ११ असार । पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालको पक्षमा बहस गर्न एक सय भन्दा बढी वकिलले नाम टिपाएका छन्।

बुधबार माधव नेपाल विशेष अदालतमा थुनछेक प्रक्रियाका लागि उपस्थित भएका थिए।

न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सकिसकेको छ। अब केही बेरपछि उनको थुनछेक बहस सुरू हुनेछ।

अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बहसका लागि माधव नेपालको पक्षबाट मात्रै एक सय जनाभन्दा बढीले वकालतनामा गरेको बताए। आफ्नो प्रतिनिधि भएर अदालतमा मुद्दाको बहस गर्न कसैलाई दिने, लिने अधिकारपत्र वा मञ्जुरीनामालाई वकालतनामा भनिन्छ।

‘१०९र१० जना जतिको वकालतनामा छ। अब उहाँहरू कति जनाले बहस गर्नुहुन्छ भन्ने उहाँकै हातमा रह्यो,’ उनले भने।

माधव नेपालको पक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोबिन्द बन्दी, लगायतले बहस गर्ने तयारी गरेका छन्।

नेपालका वकिल कपिल ढकालका अनुसार एक सय भन्दा बढीले नाम टिपाए पनि बुधबार भने ५र६ जनाले मात्रै बहस गर्नेछन्।

‘एक सय भन्दा बढीले माधव नेपालको तर्फबाट बहस गर्न नाम लेखाउनुभएको छ। तर आज ५र६ जनाले मात्रै उहाँको तर्फबाट बहस गर्नुहुन्छ,’ उनले सेतोपाटीसँग भने, ‘वरिष्ठ अधिवक्ता शम्भु थापाले यसको नेतृत्व गर्दै हुनुहुन्छ।’

अख्तियारको तर्फबाट विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनसागर बस्याल, वरिष्ठ अधिवक्ता सुशिल पन्त लगायतले बहस गर्नेछन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो। काभ्रेमा रहेको पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियारले अध्यक्ष नेपालसहितको बयान लिएको थियो।

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। तर पछि हदबन्दीभन्दा बढी कानुन विपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद पनि निलम्बनमा छ।

यसअघि अख्तियारले मुद्दा दायर गर्नुअघि चैत १७ गते माधव नेपालको बयान लिएको थियो। बयानमा उनले अनुचित काम नगरेको बताएका थिए। नियतवश अनुचित काम गरेको भएमा सजाय भोग्न तयार रहेको पनि उनले बयानमा बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group