काठमाडौं, १६ चैत । मानव तस्करीको आरोपमा यति एयरलाइन्सका एक कर्मचारीलाई पक्राउ गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले जितपुर, बाराका सिंह प्रताप बस्नेतलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बस्नेत यति एयरलाईन्सको प्रशासन विभागमा विगत ९ वर्षदेखि कार्यरत कर्मचारी हुन्।
प्रहरीका अनुसार ३४ वर्षीय बस्नेतले मल्टिपल भिसामा क्यानडा पठाइ दिने भन्दै धेरैलाई भारत पुर्याएर अलपत्र पारेका थिए।
यसबारे थप अनुसन्धान भईरहेको छ।
प्रतिक्रिया दिनुहोस्