ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माल्दिभ्सका विद्यार्थीले नेपालमा मेडिकल पढ्न पाउने सम्झौताको मस्यौदा अन्तिम चरणमा


abc news
१२ असार २०८२, बिहिबार   १ : १७   बजे

काठमाडौ १२ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले माल्दिभ्सका विद्यार्थीहरुलाई नेपालमा मेडिकल अध्ययन अनुमति सम्बन्धी सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको बताएका छन् ।

स्वास्थ्य मन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्क्री अहमद गसिमबीच बैंककस्थित संयुत्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटवार्तामा मन्त्री पौडेलले सो जानकारी गराएका हुन् ।

माल्दिभ्सका विद्यार्थीहरुलाई नेपालमा मेडिकल अध्ययन अनुमतिसँग सम्बन्धित सम्झौताको मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भैरहेको जानकारी मन्त्री पौडेलले माल्दिभ्सका राज्यमन्त्रीलाई गराएका हुन् । मन्त्री पौडेलले एमडी एमएसका अलावा एमबीबीएसमा पढ्न चाहने माल्दिभ्सका विद्यार्थीलाई बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताएको मन्त्री पौडेलले सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले माल्दिभ्समा नेपालीहरु काम गर्ने संख्या बढिरहेको तर उनीहरुले रकम घर पठाउन समस्या परेकोबारे जानकारी गराएका थिए । प्रतिउत्तरमा माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीले अर्थ मन्त्रालयसँग कुरा गरेर समाधान निकाल्ने बताएका थिए ।

नेपालले माल्दिभ्सका मेडिकल विद्यार्थी आकर्षित गर्न आवश्यक नीतिगत परिमार्जनको तयारी गरिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । त्यहाँका स्वास्थ्य मन्त्रीसँग तीन महिना अघि इण्डोनेसियामा भएको वार्तापछि जेनेभामा समेत यसबारे कुराकानी भएको थियो । मन्त्री पौडेलले विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षा दिने सम्बन्धमा सुझाव दिन कार्यदलसमेत गठन गरेर गृहकार्य थालेका थिए ।

त्यसयता माल्दिभ्सले पठाएको मस्यौदामा स्वास्थ्य मन्त्रालयले आवश्यक परिमार्जन गरेर सम्झौता गर्ने तयारी भैरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu