सर्लाही , १६ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले विकास र समृद्धिको लक्ष्य हासिल गरेरै छाड्ने बताउनुभएको छ । यसका लागि निर्वाचित जनप्रतिनिधी र राष्ट्रसेवक कर्मचारीहरुलाई तालिम दिईने बताउनु भयो ।
गृह जिल्ला सर्लाही आईपुग्नु भएका मन्त्री पण्डितले शुक्रवार नेपाल पत्रकार महासंघ सर्लाहीले मलंगवामा गरेको पत्रकार सम्मेतनमा बोल्नु हुँदै जनप्रतिनिधी र कर्मचारीहरुमा नयाँ संरचनामा काम गर्न अन्यौल सिर्जना भएको बताउनु हुँदै उनीहरुलाई छिट्टै नै उनीहरुलाई तालिम दिईने बताउनुभयो ।
साथै उहाँले एक महिना भित्र सवै तहमा कर्मचारीहरु पुगेर काम थाल्ने समेत बताउनुभयोे । अटेर गरी कार्यक्षेत्रमा नजाने कर्मचारीलाई ऐन अनुसार कार्वाही हुने कुरा मन्त्री पण्डितले पुनः दोहो-याउनु भयो ।
‘सरकारको लक्ष्य भनेको नै विकास र समृद्धि हासिल गर्ने हो त्यसैले विकास र समृद्धि हासिल गर्नका लागि सरकार तदारुकताका साथ लागि परेको छ’ मन्त्री पण्डितले भन्नुभयो । औचित्यका आधारमा संविधान संशोधन हुने भन्दै उहाँले मधेशवादी दलहरु भित्रैको आन्तरिक विवादका कारण उनीहरुलाई सरकारमा ल्याउन नसकिएको बताउनुभयो ।
पार्टी एकता र प्रधानमन्त्रीका भारत भ्रमण दुई अलग अलग विषय भएकोले यी दुईटै विषयलाई एकै ठाउँमा जोडेर हेर्न नमिल्ने बताउनुभयो । उहाँले पार्टी एकताका विषयमा घनीभूत गृहकार्य भई रहेकोले बैशाख ९ गते भित्रै पार्टी एकता भई सक्ने बताउनुभयो ।
साथै उहाँले आफु सर्लाहीबासी भएकोले सर्लाहीको विकास निर्माणमा पनि विशेष चाँसो रहेको भन्दै यहाँका विकासका लागि आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्