ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमाथि रास्वपादेखि बालेनसम्मले हमला गरिरहेका छन्- हासचिव पोखरेल


abc news
१२ असार २०८२, बिहिबार   ४ : ५६   बजे

काठमाडौ १२ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथी चारवटा शक्तिले हमला गरिरहेको बताएका छन्। एमालेले राष्ट्रहित र जनताका सवाललाई शसक्त ढंगले उठाँउदा यस्तो हमला भए पनि उनीहरूको स्वार्थ पूरा हुन नदिन एमालेले शसक्त प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ।

एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई आज टोखामा सम्बोधन गर्दै पोखरेलले एमालेलाई राजावादी, माओवादी, समाजवादी भनेर पपुलिस्ट राजनीति गर्नेहरू र विदेशी शक्तिहरूले हमला गरिरहेको बताए।

‘एमालेलाई मुख्यगरी अहिले चारवटा शक्तिले साइवर हमला गरिरहेका छन्। मुख्यगरी उनीहरू सामाजिक सञ्जालमार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन्। राजावादी,माओवादी,समाजवादी पपुलिस्ट र बाह्य शक्ति’ पोखरेलले भने, ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पुरा हुने भएकोले उनीहरू हामीमाथि खनिएका हुन्।’

एमाले नभएको भए राजालाई नारयणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरू एमालेविरुद्ध खनिएको उनको दाबी छ।

‘एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चितकालिन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भने, ‘त्यसैले उनीहरू एमाले विरुद्ध खनिएका छन्। राजावादीको गालिबाट हामी बिचलित हुनुहुँदैन। उनीहरूले विरोध गरेपछि बुझ्नुपर्छ हामी सही ठाउँमा छौं।’

एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्युनिस्ट नामका माओवादी र समाजवादी भएको पोखरेलको भनाइ छ। उनले नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरू अघि बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी,समाजवादी र अन्य कम्युनिस्ट नामका पार्टीहरू एमालेमाथि हमला गर्न आउने गरेको बताए।

‘एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्युनिस्ट धारीहरू साइबर हमला गर्न आएका छन्’ पोखरेलले भन्नुभयो ‘तिनीहरू विदेशीका भरिया हुन्। काँग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घट्यो भनेर तिनीहरू एमाले विरुद्ध खनिएका हुन्। यसमा पनि हामी आत्तिने होइन प्रतिकारमा उत्रनु पर्दछ। ’

महासचिव पोखरेलले एमाले माथी हमाल गर्ने तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहहरू भएको बताए।

‘पपुलिजमका नाममा जनता अलमल्याएर उनीहरूले एमालेमाथि हमला गरिरहेका छन्,’ पोखरेलले भने, ‘किनभन्दा उनीहरू गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन्।’

अराजकतावादीले घृणाको संस्कृत फैलाउने र त्यसलाई एमालेले प्रतिरोध गर्छ भन्ने बुझेर निशाना एमालेलाई बनाएको उनको भनाइ छ।

एमालेको खोइरो खन्ने बाह्य शक्ति पनि भएको उनको आरोप छ। ‘नाकाबन्दीको सामना, गुमेको जमिनलाई नेपालको नक्सामा गाभ्ने काम र देशका लागि स्वाभिमान प्रदर्शन एमालेले गर्‍यो। मुलुकमा स्थायीत्वको खोजी गर्‍यो,’ पोखरेलले भने, ‘एमाले कमजोर भएको भए देशलाई कठपुतली र विदेशीको गीर खेल्ने ठाउँ बनाउथे। त्यो स्वार्थ पूरा गर्न एमालेले दिएको छैन। त्यसैले एमाले र यसको नेतृत्वप्रति हमला भइरहेको छ।’

महासचिव पोखरेलले एमालेका मुल नेता र प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीप्रति हमला बढेकोले त्यसको प्रतिरोध गर्न सबैलाई निर्देशन दिए। आज एउटा नेतालाई हमला गर्नेले भोलि अरुलाई पनि बाँकी नराख्ने भएकोले त्यस्ता शक्तिहरूलाई आजै निस्तेज पार्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group