सर्लाही, १६ चैत । अज्ञात व्यक्तिले चलाएको गोली लागी सर्लाहीमा एक भारतीय यूवक गम्भीर घाईते भएका छन् ।
भारतको भरजुवा घर भएका १८ वर्षिय राजीव पासवानलाइ सर्लाहीको धनकौल पूर्वमा रहेको आफन्तको घर तर्फ आउँदै गर्दा नेपाल भारत सिमान नजिकै पर्ने पर्सा गाउँपालिका ३ स्थित नारायणपुर भन्ने स्थानमा अज्ञात व्यक्तिले गोली हानेका हुन् ।
कुममा गोली लागि गम्भीर घाईते पासवानलाई थप उपचारको लागि भारतकै सितामढि लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
‘शुक्रवार विहान करीब पौने सात बजेको समयमा भारतमै भएको क्रिकेट म्याच हेरेर उनी धनकौल तर्फ आउँदै रहेछन्, उनीमाथि एक्कासी गोली प्रसार भए पछि उनी घाईते भएको जानकारी स्थानीयले गराए। पछि प्रहरी पुगी उनको उद्धार गर्यौ। उनलाई उपचारको लागि भारत पठाइएको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले भने ।
गोली कसले र किन प्रहार गरेको हो भन्ने विषयमा अनुसन्धान भई रहेको र गोली चलाउने अपराधिको समेत खोजी भई रहेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्