ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१०५ औँ मनमोहन जन्मजयन्तीका अवसरमा स्वास्थ्य शिविर आयोजना


abc news
१२ असार २०८२, बिहिबार   ५ : ४६   बजे

काठमाडौ १२ असार । नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता तथा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री दिवंगत मनमोहन अधिकारीको १०५औँ जन्मजयन्तीका अवसरमा ‘मनमोहन स्मृति प्रतिष्ठान’ले स्वास्थ्य शिविर आयोजना गरेको छ।

नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले शिविर उद्घाटन गर्दै मानव सेवा नै स्वर्गीय अधिकारीको मूलमन्त्र भएको भन्दै, त्यसै सिद्धान्तलाई जीवित बनाउने यस कार्यक्रमले उनको समाजवादी दृष्टिकोणलाई प्रतिबिम्बित गरेको टिप्पणी गरे।

प्रतिष्ठानका सचिव हरिप्रसाद काफ्ले शर्माले ललितपुर–सानेपास्थित आफ्नै भवन प्रतिष्ठानलाई कार्यालयका रूपमा दान गरी राष्ट्रसेवाको सतत् आधार तयार पार्न योगदान पुर्‍याएका छन्।

प्रतिष्ठानका कार्यकारी प्रमुख आशिष रेग्मीद्वारा प्रस्तुत विवरण अनुसार, लक्षित समूह ज्येष्ठ नागरिकमध्ये २०० जना सहभागी हुनेगरी स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

शिविरमा वीर अस्पतालका पूर्वनिर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा। सन्तोष पौडेल, जेरियाट्रिक विशेषज्ञ डा। उमेश बोगटी, आन्तरिक रोग विशेषज्ञ डा। अनन्त अर्याललगायत वरिष्ठ चिकित्सकहरूले रक्तचाप मापन, रक्तमा ग्लुकोज परीक्षण, हृदय परीक्षण, सामान्य स्वास्थ्य परामर्श, जेरियाट्रिक सल्लाह र आवश्यक औषधि निःशुल्क प्रदान गरे।

चिकित्सकहरूका अनुसार, अधिकांश सेवाग्राहीहरूमा उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक समस्या, जोर्नी दुखाइ जस्ता समस्या देखिएको थियो। शिविरबाट लाभान्वित सेवाग्राहीले आफ्नो घर नजिकै स्वास्थ्य जाँच र औषधि पाउँदा ठूलो राहत महसुस गरे।

७५ वर्षीय नन्दलाल महर्जनले अस्पताल पुग्न गाह्रो भएको बताउँदै ‘यसले निकै सहजता दिएको’ भने भने, ५५ वर्षीया दुर्गा खड्काले चिनी जाँच र औषधि पाउन सहज बताइन्।

शिविरपछि आशिष रेग्मीले स्वास्थ्य, शिक्षा र जनचेतना अभिवृद्धिमा तीव्र रुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना भएको बताए। ‘जननेता मनमोहनले देखाएको समाजवाद न्याय, समानता र समृद्धिका बाटो हो, त्यसलाई व्यवहारमा उतार्ने हाम्रो लक्ष्य हो,’ उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu