ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा


abc news
१३ असार २०८२, शुक्रबार   ११ : १६   बजे

काठमाडौ १३ असार । विदेशमा काम गर्ने नेपालीहरूको विवरण सङ्कलन, व्यवस्थापन र सुरक्षाका लागि दुई फरक मोबाइल एप सञ्चालनमा ल्याइएको छ । ‘श्रम संसार एप’ र ‘हामी मोबाइल एप’ नामक एपहरू हिजो छुट्टाछुट्टै कार्यक्रममार्फत सार्वजनिक गरिएका हुन् ।

‘श्रम संसार एप’ परराष्ट्र मन्त्रालयबाट सञ्चालनमा ल्याइएको हो । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले एपको संयुक्त रूपमा शुभारम्भ गर्नुभयो । यस एपमार्फत विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गर्न सक्छन् ।

यसले कुन देशमा कति नेपाली छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने जानकारी प्राप्त गर्न मद्दत गर्नेछ । यस्तो विवरणले विदेशमा रहेका नेपालीलाई आवश्यक कन्सुलर सेवा दिन, समस्या परेमा तुरुन्तै उद्धार र समन्वय गर्न सरकारलाई सहज बनाउनेछ ।

परराष्ट्र मन्त्री राणाका अनुसार, सूचना नहुँदा गएका वर्षहरुमा धेरै नेपाली ठगिएका, समस्यामा परेका र गुनासा मन्त्रालयमा आउने गरेका थिए । अब एपको प्रयोगले यस्ता समस्या हट्न सहयोग पुग्नेछ । यस्तै कोरिया सरकारले वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरूलाई आवश्यक सूचना सजिलै दिन ‘हामी मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो एप कोरिया सरकारको आर्थिक सहयोगमा तयार पारिएको हो ।

नेपाल सरकारको श्रम मन्त्रालयसँगको सहकार्यमा यो एप सञ्चालन हुनेछ । श्रममन्त्री शरतसिंह भण्डारीले एप सार्वजनिक गर्दै सरकारले श्रम बजारमा डिजिटल प्रविधिको प्रयोगबाट पारदर्शिता र नीतिगत सुधार गर्न चाहेको बताउनुभयो । ‘हामी मोबाइल एप’ नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिनेछ । एपमा सीप विकास, वित्तीय योजना, मानसिक स्वास्थ्यसम्बन्धी जानकारी तथा स्रोतहरू राखिएको छ ।

कोरियन दूतावासका अनुसार, कोरियामा रोजगारका लागि जानुअघि, त्यहाँ कार्यरत रहँदा र फर्किएपछि समेत यो एपले नेपाली श्रमिकलाई सहयोग पुर्‍याउनेछ । साथै, उद्यमशीलता प्रवर्द्धन र वैदेशिक रोजगारलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group