ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसा प्रकरणबारे छलफल गर्न रास्वपाले शनिबार संसदीय दलको बैठक राख्ने


abc news
१३ असार २०८२, शुक्रबार   ११ : ३४   बजे

काठमाडौ १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले शनिबार संसदीय दलको बैठक राख्ने भएको छ।

पार्टीका प्रवक्ता मनीष झाका अनुसार बैठक शनिबार बिहान ९ बजे बानेश्वरस्थित संसदीय दलको कार्यलयमा बस्नेछ।

बैठकमा भिजिट भिसा काण्डसम्बन्धी पछिल्ला घटनाका विषयमा छलफल गरिने उनले बताएका छन्।

रास्वपाले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको समिति बहिष्कार गरेको छ भने यस काण्डमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्नै अडान राखिरहेको छ।

यही असार ९ गते बसेको मन्त्रिपरिषद्‌ बैठकको निर्णयअनुसार पूर्वमुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

जसमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलुवाल, कानुन न्याय तथा संसदीय मामिलाका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले सदस्य छन्। जसमध्ये काफ्लेलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

तर विपक्षी दल रास्वपाले पूर्वमुख्यसचिव वैरागी नै शंकाको घेरामा रहेको दाबी गर्दै समिति अस्वीकार गरेको हो।

यसअघि नै संसद् खुलाउन एमाले(कांग्रेससँग दुईबुँदे सहमति गरेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने समितिको स्वागत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group