ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५१ लाखको लागतमा दुई पालिका जोड्ने झोलुङ्गे पुल निर्माण


abc news
१३ असार २०८२, शुक्रबार   ११ : ३९   बजे

काठमाडौ १३ असार । जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ सिरुवालीदेखि बागचौर नगरपालिका–१० मोखला जोड्ने ८२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । करिब ५१ लाख रुपियाँको लागतमा दुई पालिका जोड्ने झोलुङ्गे पुल निर्माण भएको हो ।

पुल निर्माणसँगै यसअघि वर्षायाममा खोला तर्ने क्रममा जोखिम बेहोर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासीहरूको भनाइ छ । पुल उद्घाटन समारोहमा अध्यक्ष बुढाथोकीले अब दुई पालिकाबिचको सम्बन्ध अझ बलियो हुने बताउनुभयो ।

सहज आवतजावतका लागि झोलुङ्गे पुलले विशेषगरी बालबालिका, वृद्धवृद्धा, किसान तथा सर्वसाधारणको दैनिकीमा सहजता ल्याएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताउनुभयो ।

छत्रेश्वरी गाउँपालिकामार्फत सङ्घीय सशर्त अनुदान र शारदा संस्था नेपाल सल्यानको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । जनश्रमदानसहित कुल ५१ लाख रुपियाँको लागतमा सम्पन्न भएको र यसबाट करिब दुई सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको ठारखोला झोलुङ्गे पुल निर्माण समिति, वडा नं ५ का अध्यक्ष ज्योती रावतले जानकारी दिनुभयो । पुलको निर्माणकार्य २०८० सालको फागुन २५ गतेदेखि सुरु गरिएको थियो ।

छत्रेश्वरी गाउँपालिकाको वडा नं २ बाट बग्ने दहखोलाको मोखला क्षेत्रमा निर्माण गरिएको झोलुङ्गे पुलले दुई पालिकाका स्थानीयहरूबिचको दैनिक आवागमन, सामाजिक सम्बन्ध र आर्थिक कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu