ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार अभियोगले माधव नेपाल सांसद पदबाट निलम्बित, पार्टीको बैठकमा नियमित


abc news
१३ असार २०८२, शुक्रबार   २ : २३   बजे

काठमाडौ १३ असार । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा चलिरहेको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुने नेताहरूले बताएका छन्। साथै, आगामी उपनिर्वाचनका विषयमा पनि छलफलको एजेन्डा रहेको उनीहरूको भनाइ छ।

पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी ३५ लाख रूपैयाँ धरौटी तिरेर रिहा भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।

भ्रष्टाचार मुद्दा दायर हुनासाथ नेपाल सांसद पदबाट निलम्बित भइसकेका छन्। उनी निलम्बनमा परेको सूचना सभामुखले जेठ ३० गते संसदमा पढेर सुनाएका थिए।

भ्रष्टाचार निवारण ऐनअनुसार, भ्रष्टाचार मुद्दा दायर भएपछि कुनै पनि सार्वजनिक पदाधिकारी पदबाट निलम्बित हुन्छन्।

तर, नेपालले भने भ्रष्टाचार अभियोग लागेपछि पनि नियमित रूपमा नेकपा एकीकृत समाजवादीको अध्यक्षता गरिरहेका छन्। उक्त पार्टीले अरू कसैलालाई कार्यवाहक पनि तोकेको छैन।

मुद्दा चल्नुभन्दा अगाडि उनले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्ष तोक्ने विषयमा केही निकटस्थ नेताहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group