ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीको प्रशासनिक पुनर्संरचनाः अध्ययन समितिले बुझायो प्रतिवेदन


abc news
१३ असार २०८२, शुक्रबार   ५ : ०९   बजे

काठमाडौ १३ असार । कर्णाली प्रदेश सरकार मातहतका निकायलाई प्रशासनिक पुनर्संरचना गर्न गठिन अध्ययन समितिले प्रतिवेदन बुझाएको छ। शुक्रबार प्रदेशको प्रशासनिक पुनर्संरचना गर्न गठित उच्चस्तरिय संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको हो।

प्रदेशको विद्यमान प्रशासनिक संरचना पुनर्संरचनामार्फत सरकारका कार्यसम्पादनलाई थप चुस्त र व्यवस्थित बनाउन दुई महिना पहिला कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले पूर्वसचिव लक्ष्मण अर्यालयको संयोजकत्वमा अध्ययन समिति गठन गरको थियो।

उक्त समितिले दुई महिना लगाएर प्रदेश सरकार मातहतका निकायमा गरेको अध्ययन प्रतिवेदनको निष्कर्ष समितिका संयोजक अर्यालले मुख्यमन्त्री कँडेललाई हस्तान्तरण गरेका हुन्। अध्ययन समितिको सदस्यमा डाक्टर सुरेश तिवारी र डाक्टर गोपिकृष्ण खनाल थिए।

प्रदेश सरकारलाई बुझाइएको प्रतिवेदनमा समावेश भएका विषयहरु भने गोप्य राखिएको छ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारका कामकारवाही तथा सेवा प्रवाहलाई छिटो, छरितो र चुस्त व्यवस्थापनका विषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनका आधारमा प्रशासनिक पुनर्संरचनाको प्रक्रिया अघि बढ्ने बताए।

उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण सुझाव समितिको सिफारिसका आधारमा समान प्रकृतिका संरचना एक आपसमा गाभ्ने, औचित्यपूर्ण नदेखिएका संरचना खारेज गर्ने लगायतका कार्य मार्फत प्रशासनिक संरचनालाई चुस्त र उपयुक्त आकारमा रूपान्तरण हुने गरी प्रदेशको प्रशासनिक पुनर्संरचना गर्ने कार्य अघि बढाइने कर्णाली सरको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group