ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलबाट फर्काइन थाले एनओसीविनाका भारतीय, विवरण स्क्यान गरेर राख्नुपर्ने


abc news
१३ असार २०८२, शुक्रबार   ५ : २६   बजे

काठमाडौ १३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका बेला समेत भिजिट भिसाका नाममा सेटिङमा युवा विदेशी रहेको खुलेपछि विमानस्थल अध्यागमनमा थप कडाइ गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको विभिन्न निकायको बैठकपछि विमानस्थलमा थप कडाइ गर्न थालिएको हो । अहिले विदेशी नागरिकलाई नो अब्जेक्सन लेटर ९एनओसी० विना विदेश जान पूर्णतस् रोक लगाइएको छ भने त्यसको विवरण स्क्यान गरेर राख्न समेत भनिएको छ ।

हाल अख्तियारको छानबिनमा रहेका सहसचिव तीर्थराज भट्टराई विमानस्थल अध्यागमनको प्रमुख रहेका बेला विमानस्थलबाट चार महिनामा २१२ जना भारतीय नागरिक विना एनओसी विदेश गएको खुलेको थियो । तीमध्ये कतिपय नक्कली एनओसीका आधारमा समेत गएको भेटिएका थिए ।

त्यसपछि काठमाडौंस्थित भारतीय दूतावासले पनि चासो देखाएको थियो । यसपछि विमानस्थलबाट अहिले दिनहुँ भारतीय नागरिकहरुलाई फर्काइने गरिएको स्रोतले जनाएको छ ।

नेपाली नागरिकको हकमा समेत भिसा र होटल बुकिङको ‘स्क्यान कपी’ राख्न अनिवार्य गरिएको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले भिजिट भिसामा जान आवश्यक अन्य कागजहरुको डिजिटल प्रतिलिपि राख्न भनिएको अनलाइनखबरसँग पुष्टि गरे ।

‘कतिपय अवस्थामा छानबिन गर्नुपर्दा छुट्टयाउनै गाह्रो पर्ने स्थिति देखियो, त्यसैले डिजिटल कपी राख्नुपर्ने व्यवस्था गरेका छौं’, रिजालले भने, ‘अहिले यो अनिवार्य गरिएको छ ।’

प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा गृह मन्त्रालय, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, राहदानी विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सूचना प्रविधि मन्त्रालय लगायतका उच्च अधिकारीहरु समेत सहभागी थिए ।

भिजिट भिसा प्रकरणमा छानबिनका लागि सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो । तर, वैरागी नेतृत्वको समितिलाई लिएर समेत विपक्षी दलहरुले प्रश्न उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group