ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी अध्यक्ष पनि केपी ओली नै, विद्या भण्डारीलाई रोक्नुपर्छ- उमा कोइराला


abc news
१४ असार २०८२, शनिबार   २ : ०३   बजे

काठमाडौ १४ असार । नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोइरालाले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीले नै निरन्तरता पाउनुपर्ने बताएकी छन्।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने चर्चा भइरहेका बेला अध्यक्षमा ओलीको विकल्प नभएको जिकिर गरेकी हुन्।

मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा शनिबार सिन्धुलीमा आयोजित माल्यार्पण सभामा कोइरालाले भनिन्, ‘अबको अध्यक्ष पनि केपी ओली नै हुन्। अहिले विद्याजीको नाम अघि ल्याउनु आवश्यक छैन। विद्या जीलाई अगाडि ल्याएर राजनितिक रोटी सेक्न केही साथीहरू लाग्नुभएको छ। त्यो अहिले सम्भव छैन। अब हुने विधान महाधिवेशन र ११औँ महाधिवेशनले पुनः केपी ओलीलाई नै अध्यक्ष बनाउनेमा विश्वास लिएको छु।’

उनले पार्टीभित्रका असमझदारी र गुटगत गतिविधिका विषयमा पनि टिप्पणी गरिन्।

उनले भनिन्, ‘पार्टीमा समस्या र असमझदारी पर्न सक्छ, तर आन्तरिक छलफलमार्फत समाधान गर्नुपर्छ। बाहिरचाहिँ एकताको सन्देश दिनुपर्छ।’

कोइरालाले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद ९जबज० अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताइन्।

भनिन्, ‘मदनको विचार र ओलीको नेतृत्व नै आजको आवश्यकता हो।’

मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आज एमालेले देशभर कार्यक्रम गरिरहेको छ।

आज काठमाडौँको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, पूर्वराष्ट्रपति भण्डारीलगायत शीर्ष नेताहरूको सहभागितामा विशेष कार्यक्रम हुँदै छ।

उक्त कार्यक्रममा ओली र भण्डारीले दिने सम्भावित सन्देशले पार्टीभित्रको नेतृत्व बहसमा थप ऊर्जा दिने अनुमान गरिएको छ।

कार्यक्रमको पूर्वसन्ध्यामा सार्वजनिक ‘जनताको बहुदलीय जनवाद( मदनको नीति, विद्याको नेतृत्व’ भन्ने पोस्टरले पार्टीभित्र नयाँ बहस सिर्जना गरेको छ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्ना पति मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा आज ‘मदन भण्डारी फाउन्डेसन’ले काठमाडौँमा आयोजना गर्ने कार्यक्रममार्फत आफू पुनः एमालेको राजनीतिमा फर्किएको घोषणा गर्ने तयारी गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu