ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाधिवेशन नआउँदै पार्टीका केही स्वार्थीलाई महाधिवेशन लागेको छ- ओली


abc news
१४ असार २०८२, शनिबार   २ : ०७   बजे

काठमाडौ १४ असार । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्रका केही स्वार्थीलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्।

जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा शनिबार राष्ट्रिय युवा संघले काठमाडौँको चन्द्रागिरि नगरपालिका(१३, कंकालीमा आयोजना गरेको वृक्षारोपण कार्यक्रम शुभारम्भमा एमाले अध्यक्ष ओलीले पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूले अहिलेदेखि महाधिवेशनको चर्चा गरेको आरोप लगाएका हुन्।

‘हामी अर्जुन दृष्टिका साथ मिसन २०८४ को अभियानमा छौँ। हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो। यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेला महाधिवेशन नआउँदै महाधिवेशन लागेकोजस्तो देखाउन आवश्यक छैन। हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन’, उनले भने, ‘केही स्वार्थीहरूलाई महाधिवेशन लागेको मात्रै हो। हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन।’

अब हुने महाधिवेशनबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको अध्यक्ष बनाउनुपर्छ भन्ने चर्चा चलिरहेका बेला वर्तमान ओलीबाट उक्त आक्रोश व्यक्त भएको हो।

त्यसो त राष्ट्रपति बनेपछि १० वर्ष पार्टीगत राजनीतिबाट अलग रहेकी भण्डारीले आजै एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने तयारी गरेकी छन्। आफ्ना पति मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा ‘मदन भण्डारी फाउन्डेसन’ले आज काठमाडौँमा आयोजना गर्ने कार्यक्रममार्फत उनले पुनः एमालेको सक्रिय राजनीतिमा प्रवेश गर्ने उद्घोष गर्ने भएकी हुन्। जसमा अध्यक्ष ओलीलाई समेत प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu