ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलिङ पिरियड सम्बन्धी विधेयकमा हेरफेर सुनियोजित अपराध हो – नारायणकाजी श्रेष्ठ


abc news
१७ असार २०८२, मंगलबार   ५ : ००   बजे

काठमाडौ १७ असार । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय निजामती सेवा विधेयकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित प्रावधानहरू हेरफेर गरी प्रतिनिधिसभामा प्रस्तुत गरिएको घटनालाई ‘सुनियोजित अपराध’ को संज्ञा दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले यस घटनाले लोकतन्त्र, संसद र सांसदहरूको अपमान भएको बताएका छन्। ‘हद भयो। सीमा पार गर्‍यो । लोकतन्त्र र जनप्रतिनिधि संस्था संसदको योभन्दा अवमूल्यन, अपमान र उपहास अरु के हुन्छरु,’ श्रेष्ठले प्रश्न गरेका छन् ।

विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी विषयमा गरिएको हेरफेरलाई लिएर उनी आक्रोशित देखिएका छन्। ‘लामो समयसम्म राष्ट्रिय रूपमै बहस भई समितिले पारित गरेको कुलिङ पिरियडको विषयमा नै यसो गरिएकाले यसलाई सामान्य रूपमा लिनै मिल्दैन,’ उनले लेखेका छन्, ‘यो कमजोरी होइन, सुनियोजित अपराध हो।’

श्रेष्ठले यस्तो ‘दुष्कार्य’ गर्ने जो कोही भए पनि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन्। ‘राज्य व्यवस्था समितिले पारित गरेको संघीय निजामती विधेयकलाई प्रतिनिधिसभामा हेरफेर गरेर पेस गर्ने दुष्कार्यको जिम्मेवारहरू माथि जो सुकै भए पनि कडा भन्दा कडा कारबाही हुनुपर्दछ,’ उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu