ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न


admin
१८ चैत्र २०७४, आइतबार   १२ : ०५   बजे

काठमाडौँ, १८ चैत । शुक्रबार शुरु भएको विश्व नेवाः सम्मेलन सात बुँदै घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो । सम्मेलनले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार विश्वभर हलिं नेवाः दिँ (विश्व नेवाः दिवस) मनाउने परम्परालाई अगाडि बढाउने निर्णय गरेको छ । नेवाः साहित्य, कला, संस्कृति र पत्रकारिताको श्रीवृद्धिका लागि हलिं नेवाः कोष स्थापना गर्ने घोषणा पनि गरिएको छ ।


विकासका नाममा काठमाडौँ उपत्यकाका जनतालाई विस्थापित गर्ने किसिमबाट सरकारले ल्याएका योजनामा अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब सिर्जना गर्ने, नेपालमा बोलिने सबै भाषालाई नेपाली भाषा नै भन्ने, नेवाः वाङ्मयलाई अन्तर्राष्ट्रियकरण गर्दै लैजाने विषयहरु घोषणापत्रमा समावेश छ ।

सम्मेलनको समापन गर्दै वल्र्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष सिजन श्रेष्ठले संस्थाको आउँदौ तेश्रो वार्षिक साधारणसभा र तेश्रो विश्व नेवाः सम्मेलन काठमाडौं उपत्यकामै गर्ने घोषणा पनि गर्नुभयो ।

सम्मेलनको अन्तिम दिन शनिबार सडक विस्तारका नाममा स्थानीय जनतालाई विस्थापित गर्ने र काठमाडौं उपत्यकाको जीवन्त कला, पर्व, संस्कृति र सम्पदा मास्ने ढंगले भइआएका कामको विषयमा ‘हाम्रो थातथलो हाम्रो सरोकार’ विषयमा प्यानल डिस्कसन भएको थियो । यो छलफलमा सांसद राजेन्द्र श्रेष्ठ, अधिवक्ता शंकर लिम्बू, नेवाः दे दबूका अध्यक्ष नरेश ताम्राकार, उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन साय्मी र राससका प्रधान सम्पादक राजु शाक्य सहभागी हुनुहुन्थ्यो ।

नेपालमा यो सम्मेलन चलिरहँदा विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेवार समुदायले विविध कार्यक्रमको आयोजनासहित विश्व नेवाः दिवस मनाएका थिए ।
शुक्रबार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेवाः परम्पराअनुसार पानसमा बत्ती बाली सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा नेवाः आन्दोलनका अगुवाहरु शताब्दी पुरुष जोशी, पद्मरत्न तुलाधर र माणिकलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मेलनमा विभिन्न १७ मुलुकमा रहेका नेवाः समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group