ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही


admin
१८ चैत्र २०७४, आइतबार   १ : ०५   बजे

चितवन, १८ चैत । नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आउनुभएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्नुहुन्छ । 


दुई दशक लामो पत्रकारिता जीवनको शुरुआती क्षणमा सोही क्षेत्रको बगरमा घडियाल गोही घाम तापेको दृश्य आज पनि उहाँको मानसपटलमा ताजै छ । त्यसो त उहाँले कालीगण्डकीमा गोहीको अण्डा संकलन गरिएको आफ्नै आँखाले देख्नुभएको छ । दिनानुदिन मानवीय गतिविधिसँगै नदी प्रदूषण हुँदा ती दुर्लभ जलचर हराएकामा आफू चिन्तित बनेको उहाँले बताउनुभयो । जोशीले भन्नुभयो “नारायणीको पुलदेखि कालीगण्डकीसम्म नै नदी छेउको बगरमा घडियाल गोही देखिन्थे । निकुञ्जले अण्डा संकलन गथ्र्याे ।” आजभोलि गोही मात्रै होइन माछा पनि देखिन छाडेको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढ र भरतपुरको ढल सोझै नारायणी नदीमा मिसाइँदै आएको छ जुन जलचरका लागि निकै हानिकारक मानिन्छ । गत महिना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो क्षेत्रमा गोही गणना गर्दा नारायणीको पुलबाट देवघाटसम्मका क्षेत्रमा गोही देखिएनन् ।

विभागका पर्यावरणविद् लक्ष्मण पौडेलका अनुसार मानवीय चाप बढेसँगै बढेको प्रदूषणका कारण यस क्षेत्रमा गोही हराएको हो । पहिले पहिले सो क्षेत्रसँगै कालीगण्डकी नदीमा पनि अण्डा संकलन गर्ने गरिएको भए पनि अहिले हराएर गएको उहाँले बताउनुभयो ।

गोही सफा पानीमा बस्ने र बालुवामा गुँड बनाउने बताउँदै उहाँले पानी प्रदूषित हुनु र नदी किनारमा बालुवाको कमीका कारण गोहीका लागि आवश्यक वातावरण बन्न सकेको छैन भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि घडियाल प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का २०५९ सालसम्म नारायणगढको पुलबाट देवघाट हुँदै कालीगण्डकीसम्म गोहीको अण्डा संकलन गर्ने गरिएको बताउनुहुन्छ । उहाँका अनुसार त्यसयता गोही हराउँदै गएपछि त्यस क्षेत्रमा अण्डा भेटिन छाडेको छ ।

पानीभित्र रहेको ढुंगामा लाग्ने खैरो र हरियो लेउ माछालगायत जलचरले खाने भए पनि अहिले पानीभित्र ढुंगाको कमी र प्रदूषण बढ्नाले जलचरमा कमी आएको उहाँको भनाइ छ । खड्काले भन्नुभयो, “पानीभित्र ढुंगामा लागेको लेउ र माछाको भुँडीको स्वाद उस्तै तीतो हुन्छ । यसको अर्थ माछाजस्ता जलचरको एउटा आहारा लेउ पनि हो ।” त्यस्तै नदीका छेउमा बगाएर ल्याइएका रुख, मुढा मान्छेले लगिदिँदा जलचरले गुँड लगाउन र बस्न नपाएको उहाँको भनाइ छ ।

देवघाट क्षेत्रमा दिनहुँ ठूलो संख्यामा शव दहन गरिँदा कोइला, धुवाँलगायतले बालुवा र नदीभित्र पनि प्रदूषण बन्ने गरेको र त्यसको प्रभाव प्रत्यक्ष रुपमा गोही जस्ता जलचरमा पर्ने गरेको खड्का बताउनुहुन्छ ।
नारायणी पुलदेखि दक्षिणतर्फ वन क्षेत्र पर्ने भएकाले मानवीय गतिविधि कम हुँदा त्यस क्षेत्रमा भने गोही रहेका छन् । समयमै ती क्षेत्रमा पनि ध्यान पु¥याउन नसकेमा यस्ता महत्वपूर्ण जलचर हराउँदै जाने खड्काको चिन्ता छ । निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोही हुर्काएर राप्ती र नारायणी नदीमा हरेक वर्ष गोही छाडिँदै आएको छ । मानव अतिक्रमणका हिसाबले नारायणीभन्दा राप्ती गोहीका लागि बढी सुरक्षित क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group