ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेशियालाई हराउँदै नेपाल ‘यू–१६ इस्ट जाेन कप’ काे फाइनलमा


abc news
१९ असार २०८२, बिहिबार   १ : १३   बजे

काठमाडौ १९ असार । घरेलु टोली मलेशियालाई हराउँदै नेपाल एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

क्वालालम्पुरमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले मलेशियालाई ९ विकेटले हरायो । मलेशियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायो । नेपालका परिमार्जन यादवले नटआउट ५९ रन बनाए । मलेशियाका नागिनेश्वरन सत्नकुमारनले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेशिया ४३ ओभर १ बलमा ९० रनमा अलआउट भयो । मलेशियाका मुहम्मद फतुल मुइनले सबैभन्दा धेरै ३८ रन बनाए । नेपालका अभय यादवले ४, शुभम् खनालले ३ विकेट लिए ।

यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले सिङ्गापुर र हङकङ खेलिरहेका छन् । सिङ्गापुरले हङकङले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको छ ।

नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो । यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेशिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् । १६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group