ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक इजलासमा न्यायाधीश प्रधानको एक्लो आत्मालोचना


abc news
१९ असार २०८२, बिहिबार   १ : ४१   बजे

काठमाडौ १९ असार । सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले गम्भिर प्रकृतिको विवादमा समयमा न्यायनिरुपण हुन नसकेको बताउँदै आत्मालोचना गरेकी छन् ।

५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको फैसलामा आफ्नो फरक राय लेख्दै न्यायाधीश प्रधानले संवैधानिक इजलासको सदस्यको हैसियतले आत्मालोचना गरेकी हुन् ।

‘न्यायको याचिकाहरूलाई आशाको ज्योति जगाउन अनुचित विलम्ब हुँदैन भन्ने आश्वासित गर्न जरुरी छ’, उनले आफ्नो फरक रायमा भनेकी छन्, ‘आफ्नै सतर्कताको निमित्त यस्तो प्रकृति दोहोरिन दिनु हुँदैन भनी यो आत्मलोचना गरेको छु ।’

सबै संवैधानिक आयोगको नियुक्तिको वैधानिकतामा प्रश्न उठाइएको विषयमा ढिलोगरी मात्रै न्यायनिरुपण भएको भन्दै उनले त्यसको असरले संवैधानिक निकायका पदाधिकारीहरुले काम गर्न नसकेको र अदालत पनि जिम्मेवार नभएजस्तो देखिएको औंल्याएकी हुन् ।

उनले प्राथमिकताका साथ समयमै निर्णय हुनुपर्ने विषय साढे चार वर्षसम्म अलपत्र परेको भन्दै त्यसले अदालतको दायित्वबोध र जिम्मेवारीमा पनि प्रश्न उठेको बताइन् ।

उनले आफ्नो रायमा भनेकी छन्, ‘निर्णय समयमा गरेको भए वान्छित अवान्छित परिणाम जे आएपनि अनिश्चित प्रक्रिया र परिणाम लामो समयसम्म रहँदैन थियो ।’

संवैधानिक निकायलाई राज्यको कामकारवाहीको पहरेदार समेत मानिन्छ । त्यही मान्यतालाई अघि सार्दैै उनले विवाद लामो समय विचाराधीन हुनुलाई असहज मानेकी हुन् ।

नियुक्तीको साढे ४ वर्ष बितिसकेपछि मात्रै संवैधानिक इजलासले मुद्दाको सुनुवाई गर्ने अवस्था आएको भन्दै उनले आदेशमा अहिलेको अवस्थामा भने न्यायिक संयमता आवश्यक हुने सुझाव दिएकी छन् ।

’यस्तो अवस्थामा न्यायपालिकाले अत्यन्त संयमता र गम्भीरता अपनाएर निष्कर्षमा पुग्न जरुरी देखिन्छ’, उनले रायमा भनेकी छन्, ‘राज्यलाई अन्यौलतातर्फ भन्दा क्रियाशील बनाउन लामो समय अनिर्णय र अनिश्चितताको अवस्थाबाट मुक्त गर्न आवश्यक छ ।’

उनले आफ्नो रायमा यति लामो समय काम गरिसकेका संवैधानिक पदाधिकारीहरुलाई पदमुक्त गर्दा राज्य अन्यौल र अनिश्चततातर्फ जानसक्ने जोखिम औल्याउँदै संयमताको वकालत गरेकी हुन् ।

रायमै उनले शुरुमै मुद्दा टुंगिएको भए ‘जे जस्तो परिणाम आएपनि लामो समय अन्यौलता कायम रहने थिएन’, भन्ने अनुमान गरेकी हुन् ।

मंसीर, २०७७ र जेठ, २०७७ मा गरी ओली सरकारका पालामा ५२ संवैधानिक पदाधिकारीहरु सिफारिस भएका थिए ।

अध्यादेशका आधारमा बसेको संवैधानिक परिषद्‌को बैठकले उनीहरुको सिफारिस गरेको थियो । दुईपटक नै प्रतिनिधिसभा विघटन भएकाले उनीहरुको संसदीय सुनुवाई हुन सकेको थिएन ।

त्यतिबेला परेको मुद्दा सर्वोच्च अदालतमा साढे ४ वर्षसम्म लम्बिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग, उनीपछि कामू प्रधानन्यायाधीश दिपककुमार कार्की, प्रधानन्यायाधीशहरु हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकालभर समेत ५२ संवैधानिक पदाधिकारीहरुको मुद्दा सुनुवाई हुन सकेन ।

गत माघदेखि मात्रै मुद्दाको सुनुवाई भई साढे ४ महिनापछि फैसला भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu