ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत समाजवादीको बैठकमा रामकुमारीको अभिव्यक्तिबारे मेटमणिले ब्रिफिङ गरे


abc news
१९ असार २०८२, बिहिबार   ४ : ०५   बजे

काठमाडौ १९ असार । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिबारे छलफल भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज केहीबेर चलेको सचिवालय बैठकमा रामकुमारीको विषयले प्रवेश पाएको हो ।

बैठक स्रोतका अनुसार अध्यक्ष माधव नेपालविरुद्ध सार्वजनिक अभिव्यक्ति दिइएकाले रामकुमारीबारे प्रसंग उठेको थियो । ‘रामकुमारी झाँक्रीले अध्यक्षबारे अभिव्यक्ति दिदा त्यही कार्यक्रममा मेटमणि चौधरी पनि हुनुहुन्थ्यो । त्यसैले उहाँ ९मेटमणि०ले ब्रिफिङ गर्नुभयो’, ती स्रोतले भन्यो ।

युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा गत शनिबार पूर्वमन्त्री झाँक्रीले पार्टी पुर्नगठनको एजेण्डा उठाएकी थिइन् । अध्यक्षमाथि नै संकट आएकाले पुनर्गठन गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको तर्क थियो । त्यस क्रममा ‘सिनो बोकेर हिड्न’ नसकिने पनि झाँक्रीले बताएकी थिइन् ।

सचिवालय बैठकमा उपमहासचिव चौधरीले यही कुरा ब्रिफिङ गरेका छन् । ‘धेरै कुरा भिडियो हेरेर थाहा पाइसक्नुभएको छ, भएको त्यही हो’ चौधरीले बैठकलाई जानकारी गराएका छन् ।

‘हाम्रो प्रदेशमा पार्टी आन्दोलन राम्रोसँग उठिरहेको छ, त्यही सन्दर्भमा युवाहरुको कार्यक्रम भएको थियो’ मेटमणिको ब्रिफिङ गरे, ‘तर त्यस्तो बोलीले ९रामकुमारीको अभिव्यक्ति० उपस्थिति मान्छेहरू निराश भए । उहाँले त्यस्तो भन्नु हुन्थेन ।’

तर अध्यक्षमाथि भएको राजनीति प्रतिशोधलाई बल पुग्नेगरी रामकुमारी झाँक्रीले त्यसदिन सार्वजनिक अभिव्यक्ति दिएको चौधरीले बताए । ‘अध्यक्षमाथि राजनीतिक प्रतिशोध भएको छ, तर त्यसैलाई बल पुग्नेगरी नेताहरु बोल्न हुँदैन’, चौधरीले भनेका थिए ।

आजको बैठकमा बोलेका अरु दुई वक्ताले पनि अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध नै भएको तर्क गरेका थिए । पूर्व मुख्यमन्त्री राजेन्द्र राईले त केपी ओलीको सरकारले क्रान्तिकारीलाई अनेक आरोप लगाउने गरिरहेको पनि बताएका थिए । बैठकमा उपाध्यक्ष धर्मनाथप्रसाद साहले पनि बोलेका थिए ।

तीन जनाले बोलेपछि भने तीन दिनपछि बस्नेगरी सचिवालय बैठक स्थगित गरिएको छ । प्रवक्ता एवं उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार २२ असारको बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ । अनुशासन आयोगले रामकुमारीलाई सोधेको स्पष्टीकरणको जवाफबारे पनि त्यही दिन छलफल गरिने जानकारी बैठकलाई गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group