ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘संसदमा कुकुरकै मासु बेचिरहेका छन्’


abc news
१९ असार २०८२, बिहिबार   ४ : ०९   बजे

काठमाडौ १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सक्कली र नक्कली समाजवादी छुट्याउन मुस्किल भएको बताएका छन् ।

बिहीबार समाजवादी दर्शनको रूपरेखा पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले पूँजीवाद व्यक्तिवादमा र समाजवाद सामूहिकतामा आधारित दर्शन भए पनि यसको व्यवहारिक प्रयोग निकै ठूलो अन्तरविरोध देखिएको बताए ।

‘भन्दा समाजवाद मार्क्सवाद भन्ने व्यवहारमा प्रयोग व्यक्तिवादको गर्ने प्रचलन र प्रवृत्ति निकै हाबी भएको अवस्था छ,’ उनले भने, ‘समाजवादी नाम सबैले राख्ने तर समाजवादको आधाभूत सिद्धान्त र मान्यताभन्दा बाहिर गएर आफ्नो जीवन, दर्शन र राजनीतिक दिशा र सांस्कृतिक आचरण गर्ने प्रवृत्ति हाबी छ ।’

समाजवाद भन्ने र प्रयोग गर्नेको बीचमा निकै ठूलो अन्तरविरोध देखिएको उनले बताए ।

‘अहिले समाजवाद त सामन्त, दलाल, नोकरशाह, पुँजीवादी सबैले शब्द प्रयोग गरिरहेका छन्, उनले भने, ‘यो शब्द लोकप्रिय भएकोले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न सजिलो हुन्छ भनेर
व्यवहारमा व्यक्तिवादी स्वार्थ पूरा गर्ने प्रचलन, फेसन अहिले देखिएको छ ।’

आजभोलि वैज्ञानिक समाजवादको प्रयोगपनि सबैखाले अवसरवादी र पूँजीवादीले प्रयोग गरिरहेका उनले जिकिर गरे । ‘सक्कली र नक्कली समाजवादी छुट्याउन निकै जिटल र चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ,’ उनले भने ।

उनले थपे, ‘नेपालमा आधारभूत रूपमा पूँजीवादी जनवादी क्रान्ति सफल भएर हामी अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्‍यौं भनेर एकाध बाहेक सबैले भन्न थालेका छन् ।’

कसैले पनि समाजवाद तत्काल आइहाल्यो नभनेको र समाजवादको चरणमा प्रवेश गरेका छौं मात्र आफूहरूले भनेको उनले बताए ।

समाजवाद तत्काल कायम हुन सक्ने अवस्था नभएरै संविधानमा समाजवाद उन्मुख शब्द उल्लेख गरिएको उनले तर्क गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संघीयता सामूहिकताको अभ्यास गर्न समाजवादको भ्रुण भएको उनले व्याख्या गरे ।

संविधानमा रहेका सबै सकारात्मक विषयहरूलाई उल्ट्याउने प्रयास भइरहेको उनले आरोप लगाए ।

‘कुकुरकै मासु बेचिरहेका छन् ?

प्रचण्डले माओवादीले युद्धकालीन समयमा भन्ने गरेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने संसदीय व्यवस्थाको अभ्यास अहिले नेपालमा भइरहेको आरोप लगाए ।

‘अहिले जे भइरहेको देखिन्छ, समितिका प्रतिवेदनमाथि भइरहेका छेडखानीहरू त्यो त्यस्तै हो, देखाउँदा खसीको टाउको देखाइएको छ भित्रभित्रै कुकुरको मासु बेचिइरहेको छ,’ उनले भने ।

सरकारले भ्रष्टहरूलाई संरक्षण गरिरहेको र दलाल पूँजीवादको स्वार्थअनुरूप काम गरिरहेको उनले बताए ।

‘म सबैलाई आग्रह गर्न चाहन्छु, कसले दलाल पूँजीवादविरुद्ध लडिरहेको छ र कसले उनीहरूको स्वार्थअनुरूप काम गरिरहेको छ बुझ्नुस्,’ उनले भने, ‘तपाईंहरूले फरक छुट्याउनुपर्छ किनकि समाजवाद प्राप्तिको लडाइँ सामान्य छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu