ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जुननरसिंह केसीले दिए आमरण अनशन बस्ने चेतावनी


abc news
१९ असार २०८२, बिहिबार   ४ : १५   बजे

काठमाडौ १९ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पुराना राजनीतिक दलप्रति जनताको भरोस टुटिरहेको बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा केसीले पुराना पार्टीले काम गर्दैनन् भन्ने गरी प्रचार भइरहेको पनि बताएका हुन्।

विगत केही वर्षदेखि राजनीतिक दलप्रति भरोसा टुटिरहेको छ। पुराना पार्टीले काम गर्दैनन् भन्ने भइसक्यो, उनले बैठकमा भने, यसबारे गम्भीर भइएन भने आउने परिस्थिति सजिलो देख्दिनँ।

उनले कांग्रेस गुटउपगुटका कारण शिथिल भएको भन्दै संस्थागत प्रतिवद्धताका लागि एक हुनुपर्ने बताए। नेताहरू संस्था प्रदान हुन छोडेरव्यक्ति प्रदान भएको भन्दै उनले यसलाई सच्याउन जरुरी रहेको बताए।

हामी गुट(उपगुटमा विभाजित छौँ। पार्टी व्यक्ति प्रदान होइन संस्था प्रदान हुनुपर्छ, उनले थपे, यहाँ त कसैलाई पेल्यापेल्यै गरिएको छ।

त्यस्तै उनले पार्टीको महाधिवेशन कहिले हुने भन्ने मिति तोक्नुपर्ने पनि बताए। पार्टी सभापतिदेखि पदाधिकारीहरू समयकै अधिवेशन हुन्छ भन्ने कहिले हुन्छ नभन्ने। अब मिति तोक्नै पर्ने आवश्यकता छ। समय थप्ने हो भने थपेर पनि यो समयमा महाधिवेशन हुन्छ भन्नुपर्‍यो, उनले भने, मेरो धारणा भन्नुहुन्छ भने त ०८२ मै हुनुपर्छ नि।

उनले पार्टीको वैधानिकता र अस्तित्वा असर नगर्ने गरी महाधिवेशन समयमै गर्नुपर्ने बताए।

उनले पार्टी अनुशासन समितिमाथि भने आक्रमण देखिए।

अनुशासन समितिको कामकारबाही पारदर्शी हुनुपर्छ। पार्टीलाई प्राण भर्ने खालको हुनुपर्छ। निष्पक्ष हुनुपर्छ,ु उनले भने, यहाँ त मनपरी ढंगले कतै के गरिएको छ। कतै के गरिएको छ। पार्टीमा अन्तर्घत गर्ने सबैलाई माफी दिने हो भने दिऔँ होइन भने कारबाही गरौँ। संविधानभन्दा माथि हो अनुशासन समितिको सभापतिरु यस्तै हो भने मैले आफैँले आमरण अनसन बस्नुपर्ने हुन्छ। मान्छेको इज्जत प्रतिष्ठाको ख्याल छैन मनपरी गरेको छ। यसको जिम्मा पार्टी सभापतिलाई नै दिन्छु।

मनपरी गरेर एकपक्षलाई अर्को पक्षले दबाउन खोजिए त्यसको प्रतिकारमा उत्रिने उनको चेतावनी छ।

उनले भने, मनपरी गरेर एक पक्षले अर्को पक्षलाई दबाउन खोजियो भयो भने, सीमा पार भयो भने। हाम‍ीले पनि सीमा पा। गरेर जानुपर्ने हुनसक्छु उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group