ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पसामु झुकेको नदेखिने गरी व्यापार सम्झौता गर्ने भारतको प्रयास


abc news
१९ असार २०८२, बिहिबार   ४ : २७   बजे

काठमाडौ १९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि उच्च भन्सार महसुल नलगाउन् भनेर भारतले अमेरिका सँगको व्यापार वार्तालाई तीव्रता दिएको छ।

ट्रम्पले स्वतन्त्रता दिवसु भन्दै अप्रिल २ मा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र भारतसहित मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च रेसिप्रोकलु पारस्परिक भन्सार लगाउने घोषणा गरेका थिए। भारतलाई उनले २६ प्रतिशत भन्सार दर लगाएका थिए।

तर, यही कारण अमेरिकी अर्थतन्त्र नै धराशायी हुने खतरा भएपछि उनले एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर ९० दिनका लागि फिर्ता लिए। त्यसपछि चीनबाहेक सबैलाई १० प्रतिशत भन्सार लगाए।

सो ९० दिन जुलाई ९ मा सकिँदैछ। त्यसअघि व्यापार सम्झौता नभए उनले फेरि २६ प्रतिशत भन्सार लगाउने सम्भावना रहेकाले भारतले वार्तालाई तीव्रता दिएको हो। भारतीय व्यापार प्रतिनिधिमण्डल गत बिहीबारदेखि अमेरिकामै रहेर सम्झौताका लागि वार्ता गरिरहेको छ।

भारतले भरसक कृषि र दुग्ध उत्पादनका मुद्दामा सम्झौता नगरिकनै सहमति गर्न प्रयास गरिरहेको छ। भारतमा किसानहरू राजनीतिक रूपमा शक्तिशाली छन्। त्यसैले आनुवंशिक रूपमा परिमार्जित अमेरिकी मकै, भटमास, चामल र गहुँलाई भारतीय बजारमा सहज प्रवेश दिन भारत मानिरहेको छैन।

त्यस्तै, अमेरिकामा गाईले खाने चारोमा गाईवस्तुको मासु पनि मिसाइने भएकाले ती गाईको दुग्ध उत्पादन आयात गर्न पनि भारतले अस्वीकार गर्दै आइरहेको छ।

अमेरिकाको भारतसँग उच्च व्यापार घाटा रहेको भन्दै त्यसलाई कम गर्ने ट्रम्पले घोषणा गरेका छन्। त्यसैले अमेरिकाबाट प्राकृतिक ग्यास, ुड्राइ फ्रुटु, मोटर पार्टसलगायतका वस्तु किन्ने भनेर भारतले अमेरिकालाई मनाउन खोजिरहेको छ।

आफ्नो प्रमुख प्रतिस्पर्धी ठान्ने चीनले ट्रम्पसामु खुट्टा नकमाएर उल्टै ट्रम्पलाई झुकाएकाले भारत पनि कमजोर देखिन चाहँदैन।

ल्अज
िल्अभिि
ट्रम्पले अप्रिल २ मा उच्च ुरेसिप्रोकलु ९पारस्परिक० भन्सार लगाउने घोषणा गर्दा जबाफी कदम चाले अझ उच्च भन्सार लगाउने धम्की दिएका थिए। जबाफी कदम नचाले पुरस्कृत गर्ने भनेका थिए। उनको डरले चीनबाहेक कसैले पनि जबाफी कदम चालेनन्।

चीनले भने उनको धम्कीलाई बेवास्ता गर्दै जबाफी भन्सार दर लगायो। ट्रम्पले रिसाएर दर अझ बढाउने र चीनले फेरि जबाफ दिने क्रम चल्दै जाँदा ट्रम्पको दोस्रो कार्यकाल सुरू भएपछि चीनलाई लगाएको भन्सार दर आकासिएर १४५ प्रतिशत पुग्यो। चीनले अमेरिकी वस्तुमा लगाएको भन्सार दर पनि १२५ प्रतिशत पुग्यो।

यसरी चीनले प्रतिकार गरेर ६ साता नपुग्दै ट्रम्प झुके। स्विट्जरल्यान्डको जेनेभामा मे महिनामा भएको व्यापार वार्तापछि दुबै देशले एकअर्कालाई लगाएको भन्सार दर ९० दिनका लागि ११५ प्रतिशत विन्दुले घटाउने घोषणा गरे।

चीनले प्रतिकार गरेर अमेरिकालाई झुकाएकाले भारत पनि अहिलेको सम्झौतामा धेरै कमजोर देखिन चाहँदैन। त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भरसक कृषि र दुग्ध उत्पादनका मुद्दामा सम्झौता नगरिकनै सहमति गर्न चाहन्छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group