ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभाबाट पनि पास भयो ‘बिग ब्युटीफुल बिल’, राष्ट्रिय राजनीतिमा ट्रम्पको ‘जित’


abc news
२० असार २०८२, शुक्रबार   ११ : १९   बजे

काठमाडौ २० असार । राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसँग सम्बन्धित विधेयक ९बिग ब्युटीफुल बिल० अमेरिकाको कंग्रेस प्रतिनिधि सभा ले पनि पास गरेको छ।

यसलाई अमेरिकाको राष्ट्रिय राजनीतिमा ट्रम्पको विजयका रूपमा हेरिएको छ।

बीबीसीका अनुसार अमेरिकाको प्रतिनिधि सभाले बिहीबार दिउँसो २१८ को विरुद्ध २१४ मतले ट्रम्पको विधेयक पारित गरेको हो।

यसअघि यो विधेयक मंगलबार सिनेटबाट पास भएको थियो।

राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टी नियन्त्रित कंग्रेसलाई जुलाई ४ सम्म हस्ताक्षर गरी कानुन बनाउन समयसीमा दिएका थिए।

कंग्रेसको बजेट कार्यालयले यो विधेयकले आगामी १० वर्षमा संघीय घाटा ३।३ ट्रिलियन डलर बढाउन सक्ने अनुमान गरेको छ।

साथै यसले लाखौँ मानिसलाई स्वास्थ्य बिमाबाट वञ्चित गर्ने आशंका पनि गरिएको छ। तर यो कुरा ह्वाइट हाउसले अस्वीकार गरेको छ।

विधेयक पारित भएपछि राष्ट्रपति ट्रम्पले बिहीबार साँझ पत्रकारहरूलाई भने, ‘यो विधेयकले यस देशलाई द्रुत गति दिनेछ।’

उनले थपे, ‘यो देशका लागि एक महान् विधेयक हुनेछ।’

यो विधेयक जुलाई ४ मा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि कानुन बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group