ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रसहित ५ कम्युनिस्ट पार्टीले काठमाडौँमा प्रदर्शन गर्ने, कार्यदल गठन


abc news
२१ असार २०८२, शनिबार   ८ : ३९   बजे

काठमाडौ २१ असार । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका ५ कम्युनिष्ट पार्टीले ‘साम्राज्यवादी युद्ध र आक्रमणका विरुद्ध’मा छिट्टै काठमाडौँमा ठूलो प्रदर्शन गर्ने भएका छन्।

शनिबार माओवादी केन्द्रको कार्यालयमा बसेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा ९विप्लव० नेकपा मसाल र नेकपा क्रान्तिकारी माओवादीको बैठकले यस्तो निर्णय गरेको हो।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार प्रदर्शनका लागि ठोस कार्यक्रम बनाउन सबै पार्टीबाट २–२ जना रहनेगरि कार्यदल समेत बनाइएको छ।

‘ इजरायलले प्यालेस्टाइनमाथि र अमेरिका( इजरायलले इरानमाथि जुन हमला गरे त्यसको विरोधस्वरुप हामीले राष्ट्रिय नाच घरमा एउटा ठूलो अन्तरक्रिया गरेका थियौँ, त्यसको समीक्षा गर्‍यौँ,’ उनले भने, ‘कार्यक्रम राम्रो रह्यो। सन्देश बाहिर राम्रो गयो भन्ने निष्कर्ष निकालेका छौँ।’

विश्वकर्माले थपे, ‘साम्राज्यवादी युद्ध र आक्रमणका विरुद्धमा छिट्टै काठमाडौँमा ठूलो प्रदर्शन गर्ने भन्नेमा पुगेका छौँ। त्यसका निम्ति सबै पार्टीबाट दुई–दुई जना रहनेगरि कार्यदल गठन भएको छ। कार्यदलको पर्सि बैठक बस्छ र ठोस कार्यक्रम बनाउँछ।’

कार्यदलमा माओवादी केन्द्रबाट देव गुरुङ र लिलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीबाट बलराम बास्कोटा र अर्को एक जना पछि थप हुने, क्रान्तकारी माओवादीबाट परि थापा र अर्को एक जना पछि थप हुनेछ।

त्यस्तै नेकपाबाट खड्गबहादुर विश्वकर्मा र चिरण सी छन् भने नेकपा मसालबाट भैरव रेग्मी र अर्को एक जना पछि थपिनेछन्।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, नेकपा ९विप्लव० का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा ९मसाल० का महासचिव मोहनविक्रम सिंह, र नेकपा ९क्रान्तिकारी माओवादी०का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu