ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि सिनेट बैठक प्रधानमन्त्रीकै निर्देशनमा स्थगित भएको भन्दै कांग्रेस नेता महरले जनाए असन्तुष्टि


abc news
२२ असार २०८२, आइतबार   ११ : ३९   बजे

काठमाडौ २२ असार । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएकोप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले असन्तुष्टि जनाएका छन्।

कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९आइतबार०को सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु प्राज्ञिक संस्थाका लागि सुखद विषय नभएको महरले बताए।

‘१५ चैतदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त छ। यसबेला प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोक्किनु स्वभनीय विषय होइन,’ कांग्रेस केन्द्रीय समिति बैठकस्थल बाहिर संक्षिप्त प्रतिक्रिया दिँदै महरले भने।

विश्वविद्यालय प्राज्ञिक थलो भएकाले यसलाई वार्षिक क्यालेन्डरअनुसार नै अगाडि बढाउनु पर्ने उनले बताए।

प्रधानमन्त्रीको निर्देशनमा सिनेट रोकिँदा शिक्षाप्रति सरकार उदाशिन रहेको सन्देश जान सक्ने उनको भनाई छर। ‘विद्यालय शिक्षा ऐन लामो समयदेखि वहसमा छ,’ उनले भने, ‘१५ असारभित्रै शिक्षा ऐन ल्याउने सरकारको प्रतिवद्धता पूरा भएको छै। सरकार र संसद्ले कानुन बनाउने काममा खासै सफता हात पार्न सकेको छैन। यसले जनतामा सरकारप्रतिको विश्वास थप खस्किने र निराशा बढ्न सक्छ।’

उनले अगाडि भने, ‘त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची पारित गर्न डाकिएको बैठक कुलपतिकै निर्देशनपछि रोकिनु राम्रो होइन। प्रधानमन्त्रीले सुधारको बाटो जानु आवश्यक छ। प्राज्ञिक थलोलाई सोही अनुसार अगाडि बढाउनुपर्छ। परीक्षा, भर्नालगायतका सम्पूर्ण गतिविधि पनि वार्षिक क्यालेन्डर अनुसार नै अगाडि बढाउनुपर्छ।’

त्रिविले तिथिअनुसार वार्षिक सभा डाक्ने गर्छ। प्रधानमन्त्री ओली स्पेन भ्रमणमा रहेकाले शुक्रबार हुनुपर्ने बैठक आइतबारका लागि तय भए पनि फेरी प्रधानमन्त्रीको निर्देशनमा स्थगित भएको हो।

त्रिविले योजना परिषद्, कार्यकारी परिषद्बाट बजेट पारित गर्दै सभामा पेस गर्ने तयार गरेको थियो। सभाबाट पारित भएपछि मात्र बजेट लागू हुन्छ। सभामा सहभागी हुन उपत्यकाबाहिरका प्राध्यापक सदस्यसमेत काठमाडौँ आइसकेका थिए।

प्रधानमन्त्री ओली भने त्रिविको सिनेट बैठक स्थगित गरेर आइतबार पुल उद्घाटन गर्न हुम्ला गएका छन्। यसले त्रिविका सबै कार्यक्रम प्रभावित हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group