ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेश सभामा विपक्षी दलहरूको अवरुद्ध


abc news
२२ असार २०८२, आइतबार   ३ : ५९   बजे

काठमाडौ २२ असार । बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेशसभा बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका छन् । १० दिनपछि बसेको बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका हुन् ।

बैठकको सुरुमै उठेर नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद कनिष पटेलले बजेटको बारेमा सरकारकै नेतृत्व गरिरहेका दल जनमतका केन्द्रीय अध्यक्ष डा। सिके राउत, सत्ता पक्षकै सांसदहरुले बिचौलिया प्रवेश, असमान बजेट ल्याएकोले पुनर्लेखन हुनुपर्ने माग गरे ।

उनले पुनर्लेखन नभए सदन चल्न नदिने बताए ।

यस्तै, नेकपा माओवादी केन्द्रका दलका उपनेता युवराज भट्टराईले सत्ता पक्षबाटै बजेट असमान र विचौलिया हाबी भएको बताइसकेको, सिमित क्षेत्रमा बजेटको ओइरो र पाँच लाखसम्मका खुद्रे योजना राखेकोले बजेट पुनर्लेखन हुनुपर्ने माग गरे ।

‘सीमित क्षेत्रमा बजेटको ओइरो छ । पाँच लाखसम्मका खुद्रे योजना राखिएको छ । यी धेरै विषयहरु भएकाले बजेटको पुनर्लेखनको विकल्प छैन । पुनर्लेखन नभएसम्मका निम्ति अघि नबढाइयोस् भन्ने आग्रह गर्न चाहन्छु,’ उनले सभामुखलाई आग्रह गर्दै भने ।

बैठकमै प्रमुख प्रतिपक्षी जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटलाई जनताले रामौसँग देखेको बताए ।

‘यसअघि यसै मुख्यमन्त्रीले बजेट ल्याउँदा ह्याक भएको बताएको र अहिले उनकै दलका नेता बिचौलिया हाबी भएको भन्छन् । र स्वभाविक रुपमा छ । प्रतिपक्षीले पहिले नै भनिसकेको छ । २० वर्ष पहिलेसम्मका भुक्तानीका लागि मुख्यमन्त्रीको पिताको नाममा बजेट राखिएको छ । जबसम्म समान बजेट हुँदैन । विचौलिया हाबी रहन्छ । तबसम्म कुनै पनि हालतमा बजेट पारित हुन दिन्नौं,’ यादवले भने ।

यसपछि सभामुख रामचन्द्र मण्डलले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group