ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी बैठकमा मिनेन्द्र रिजालको प्रस्ताव, दुई चरणमा विधान संशोधन गरौं


abc news
२२ असार २०८२, आइतबार   ४ : ५३   बजे

काठमाडौ २२ असार । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टी विधान दुई चरणमा गर्नु उपयुक्त हुने प्रस्ताव राखेका छन् । कांग्रेसले १५ औं महाधिवेशन अघि विधान संशोधन गर्ने निर्णय गरिसकेको छ । यद्यपि, विधान मस्यौदा समिति भने गठन भइसकेको छैन ।

विधानमा गर्नुपर्ने संशोधनहरूका विषयमा चर्चा चलिरहँदा नेता रिजालले दुई चरणमा संशोधन गर्नुपर्ने विचार राखेका हुन् ।

महाधिवेशन प्रतिनिधि मात्रै छनोट गरेर सभापति चयन गर्ने गरी पहिलो चरणको संशोधनको प्रस्ताव उनले राखेका छन् ।

‘पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन गरौँ । र, महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौँ,’ रिजालले भने, ‘त्यो सभापतिको तत्काल कार्यकाल सुरु गर्ने होइन । आम निर्वाचन पछाडिको मात्रै कार्यकाल सुरु हुनेछ ।’

दोस्रो चरणमा विधान संशोधन गर्दा त्यसबेलाको सभापतिले आफूले चाहे अनुसारको व्यवस्था अनुसार विधानमा राख्न सक्ने उनले बताए ।

‘सभापति हुने व्यक्तिले विधान संशोधनको प्रस्ताव पार्टी लिएर उसले जान्छ । जस्तो पार्टी बनाउन खोजेको हो, जति वटा निर्वाचन बनाउन खोजेको हो,’ रिजालले केन्द्रीय समिति बैठकमा भने, ‘जुन जुन तह राख्न खोजेको हो, त्यही अनुसारको प्रस्ताव होला । आम निर्वाचन सकिएपछि कांग्रेसले बाँकी कामका लागि बाँकी महाधिवेशन गर्छ ।’

महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन भयो भने तल तलसम्म गुटबन्दी समेत नहुने रिजालले दाबी गरे । तह तहमा हुने महाधिवेशनको तिक्तताले आन्तरिक वैमनस्यता उत्पन्न भई आम निर्वाचनमा पार्टीलाई असर गर्ने उनले बताए । उनले भने, ‘जुनसुकै गुट चुनाव लडोस्, पार्टी भलो बाटोमा जाँदैन भन्ने मलाई लाग्छ ।’

पार्टीभित्र महाधिवेशन कहिले हुने बहस चलिरहँदा कम्तीमा सय जना सभापतिको दाबीकर्ता देखेको उनले बताए ।

‘कम्तीमा सभापति उम्मेदवार देखेको छु मैले । पार्टी कसरी बनाउने भन्दा मलाइ सभापति बनाइदिनुस्, बाँकी सबै ठीक हुन्छ भनेर । त्यो भन्दा बढी मैले सुनेको छैन,’ रिजालले भने, ‘जुन भाषामा, जुन शैलीमा, जुन भंगिमा बोल्नुभएको छ, सभापति मलाई बनाइदिनुस्, बाँकी भएका सबै समस्या समाधान हुन्छ । अहिले सम्म कहिल्यै नभएको जस्तो पार्टी संगठन बनाउँछु भन्नुभएको छ । त्यसरी पार्टी संगठन बन्दैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group