ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए स्कटल्यान्ड अध्यक्षमा सचिव रामप्रसाद कंडेल उम्मेदवार


abc news
२२ असार २०८२, आइतबार   ५ : ०५   बजे

काठमाडौ २२ असार । गैरआवासीय नेपाली संघ एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदका वर्तमान सचिव रामप्रसाद कंडेलले आगामी कार्यकालका लागि अध्यक्षमा दावी गरेका छन् ।

परिषदको स्थापनाकालदेखि नै विभिन्न भूमिका रहेर जिम्मेवारी सम्हाल्दै आएका उनले नयाँ कार्यसमितिको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

एनआरएनएसहित विभिन्न सामाजिक संघसंस्थाहरुमा लामो समयदेखि संगालेको अनुभव र शुभेच्छुकहरुको सल्लाहबाट प्रेरित भएर आफूले एनआरएनए स्कटल्यान्डलाई सबल र सक्षम नेतृत्व दिने अठोट गरेको कंडेलले बताए।

यसअघि विभिन्न जिम्मेवारीमा रहंदा कुशलतापूर्वक सम्पन्न गरेको परिणाममुखी कार्यसम्पादनको मूल्यांकन गर्दै आफूलाई स्कटल्यान्डवासी नेपालीले अब अध्यक्ष पदको जिम्मेवारी दिने विश्वास उनले गरेका छन्।

एनआरएनए स्कटल्यान्डका हालसम्मका सबैजसो कार्यसमितिमा रहेर काम गरिसकेका छन् कंडेलले । उनले विभिन्न कार्यक्रम र अभियानमा संयोजनकारी तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै संस्थालाई सवल बनाउन योगदान गरेका छन् । पशुपतिनाथ मन्दिर स्कटल्यान्डमा समेत सचिव रहेका उनी अन्य विभिन्न सामाजिक संघसंस्था र अभियानमा पनि सक्रिय छन्।

स्कटल्यान्डमा नेपाली दूतावासको घुम्तीसेवा, पहिलो नेपाली मेलाजस्ता कार्यक्रमहरुको संयोजनदेखि एनआरएनए र स्थानीय समुदायका सबै कार्यक्रम तथा अभियानमा पनि कंडेलले सक्रिय भूमिका निर्वाह गरेका छन् ।

संस्थालाई बुझेको र वर्षौंसम्म सशक्त काम गरेको आधारमा पनि आगामी अध्यक्षको पदमा आफ्नो दावेदारी जायज र सशक्त रहेको कंडेल बताउँछन् ।

अध्यक्षका रुपमा एनआरएनए स्कटल्यान्डमा स्थानीय नेपाली समुदायको सहभागिता बढाउने, संस्थालाई सदस्यकेन्द्रित गराउँदै आवश्यक सुधारहरु गर्ने र स्कटल्यान्डमा नेपाली दूतावासको कूटनीतिक सेवाको पहुंच बढाउंदै कूटनीतिक नियोग स्थापना समेतमा पहल गर्नेलगायतका प्रतिवद्धता कंडेलले गरेका छन् ।

‘निस्वार्थ भावले निरन्तर समाजसेवामा समर्पित रहें । तपाईंहरुकै साथ, सहयोग र हौसलाले यहाँसम्म आइपुगेको छु’, स्कटल्यान्डका नेपालीको साथ आव्हान गर्दै कंडेलले भनेका छन् , ‘अब एकपटक एनआरएनए स्कटल्यान्डको अध्यक्षका रुपमा सेवा गर्ने इच्छा राखेको छु । मलाई विश्वास गर्नुहोस्, तपाईंको विश्वासलाई न्याय हुने गरी काम गरेर देखाउनेछु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group