ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आलमले मलाई मार्छ जस्तो लागेको छ’


abc news
२२ असार २०८२, आइतबार   ६ : १५   बजे

काठमाडौ २२ असार । २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेस उम्मेदवार अफताब आलमका काकाको घरमा बम विस्फोट भयो ।

उक्त घटना बाहिरिने डरले आलम लगायतले घाइतेहरूलाई ज्युँदै नजिकैको इँटाभट्टामा पोलेको प्रहरीको आरोप थियो । त्यस क्रममा मृतकहरूलाई पनि इँटाभट्टामा हालिएको थियो ।

उक्त घटनामा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दियो । घटनाको १५ वर्षपछि अनुसन्धान थाल्दा धेरै प्रमाण लोप भइसकेका थिए । जाहेरी दिने पीडित आमाको गोली हानी हत्या भएको थियो ।

जसोतसो निकै कठिनाइका साथ प्रहरीले प्रमाण जुटाएर अभियोजन गरेको घटनामा जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतको वीरगञ्ज इजलासले आरोपितहरूलाई सफाइ दिएको हो ।

सो क्रममा उक्त घटनाका साक्षी सोही इँटाभट्टामा काम गर्ने भारतको बिहार सीतामढी घर भएका गौरीशंकर राम चमार आइतबार काठमाडौं आइपुगेका छन् ।

उनले काठमाडौंस्थित रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाको विवरण सुनाएका छन् ।


आलम प्रकरणमा उच्चको अनौठो ठहर( ‘इँटाभट्टामा जलाइएकाहरूको लास भेटिएन, हत्या भन्न मिलेन’
उनी अझै पनि आलमले आफूलाई मार्छ कि जस्तो लागेको सुनाउँछन् ।

‘आलम छुटेकोमा मलाई दुस्ख लाग्यो । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो,’ चमारले भनेका छन् ।

उक्त दिन आफू इँटाभट्टामा काम गर्दै गरेको सुनाउँदै हप्ताको पैसा लिन उक्त घरमा गएको बताएका छन् ।

उनीसँगै तीनजना आलमको काकाको घर छेउमा पुग्नासाथ बम विस्फोट भएको उनले बताएका छन् ।

‘घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ,’ चमारले भनेका छन् ।

उनलाई एकपटक पनि के भएको भनेर आलमले अहिलेसम्म सोधेका छैनन् ।

‘आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्‍यो,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu