ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मूल्य नपाएको भन्दै चल्ला उत्पादन र बिक्री भोलिदेखि पूर्ण बन्द


abc news
२२ असार २०८२, आइतबार   ६ : २२   बजे

काठमाडौ २२ असार । नेपाल ह्याचरी उद्योग संघले भोलि सोमबार देखि लागु हुनेगरी कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरणमा पूर्ण रोक लगाएको छ ।

संघको शुक्रबार बसेको भेलाले २३ असारदेखि २९ असारसम्मका लागि संघमा आवद्ध उद्योगीलाई बोइलर र कलर बोइलर ९कोइलर० कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो ।

पछिल्लो समय चल्ला उत्पादक किसानलाई समस्या परेको र लागत अनुसार मूल्य नपाएको भन्दै उक्त निर्णय गरिएको संघले जनाएको छ ।

संघ अध्यक्ष लक्ष्मीदास श्रेष्ठले ह्याचरी व्यवसायमा अहिले देखिएको विषम परिस्थिति मध्यनजर गर्दै उत्पादन तथा बिक्री बन्द गर्ने निर्णयमा पुगेको बताए ।

‘ह्याचरी व्यवसाय चल्लाको परल मूल्यभन्दा पनि निकै तल ओर्लिएर बिक्री गर्नुपर्ने र बिक्री नै नहुने अवस्थामा पुगेको छ,’ अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यही अवस्थालाई सन्तुलन गर्नका लागि हामीले एक साताका लागि बन्द गर्न लागेका हौं ।’

उनले एक साता बन्द गर्दा बजार राम्रो हुन्छ कि भन्ने आशाले यसो गर्न लागिएको बताए ।

उनका अनुसार, अहिले बोइलर फार्मिङ गर्ने किसान ६ सय हाराहारी छन् । २ वर्ष अगाडिसम्म ह्याचरी उद्योगमा ३ सय ५० बढी फर्म आबद्ध थिए । तर, अहिलेसम्म आइपुग्दा १ सयभन्दा पनि कम मात्रै आबद्ध रहेको उनी बताउँछन् ।

‘अहिलेसम्म आइपुग्दा धेरै किसान यस क्षेत्रबाट पलायन भइसकेका छन्,’ उनी भन्छन्, ‘अर्को, अहिले चल्ला उत्पादनको माग नै कम भएर गइरहेको छ । हाम्रो खुला सिमानाका कारण निर्वाध रूपमा चोरी पैठारी भएर आउने चल्ला, कुखुरा र कुखुराको मासु ठूलो समस्याका रूपमा देखापरेको छ ।’

नेपालमा अहिलेको बजार माग प्रतिसाता २० देखि २२ लाख मात्रै रहेको भए पनि उत्पादन भने प्रतिसाता ३० देखि ३५ लाख रहेको उनी बताउँछन् ।

‘अहिले हाम्रो उत्पादन प्रतिसाता ३० देखि ३५ लाखभन्दा बढी छ,’ उनी भन्छन्, ‘मागभन्दा बढी उत्पादन भएका कारण एक सातालाई चल्ला उत्पादन नगर्न सबै उद्यमीको सहमतिमा निर्णय भएको हो ।’

चल्ला बिक्री नहुँदा उत्पादक दानासमेत खुवाउन नसक्ने अवस्थामा पुगेको उनी बताउँछन् । त्यसमा पनि किसान बैंकको ब्याज समेत तिर्न हम्मे परिरहेको उनको भनाइ छ ।

दुई महिना अघिसम्म चल्लाको मूल्य एउटाको ५५ देखि ६० रुपैयाँ थियो । अहिले चल्ला २० देखि २५ रुपैयाँमा पनि नबिकेको उनले बताए । यति उत्पादन बिक्री गर्न निकै गाह्रो परेको उनले बताए । उत्पादित चल्लाको माग नभएपछि ह्याचरी उद्योगहरू विस्थापित हुँदै गएको उनले बताए ।

‘किसानका हितमा चल्ला उत्पादन बन्द’

नेपाल पोल्ट्री महासंघ महासचिव दिनेशराज मिश्र सबै ह्याचरीको चल्लाको बिक्री मूल्य नआएर निरन्तर घाटा खानुभन्दा उत्पादन र बिक्री रोक्ने निर्णय किसानको पक्षमा भएको बताउँछन् ।

‘अहिले बिक्री नभएर चल्ला गाड्नु परेको छ, एउटा चल्लामा ३० देखि ३५ रुपैयाँ घाटा छ,’ उनले भने, ‘साउन लागेपछि मासुको खपत त्यसै पनि कम हुन्छ, अहिले नै नबिकेका बेला उत्पादन बढाउँदै लगे किसान झन् मारमा पर्छन् ।’

पञ्चकन्या बिडिङ फर्मका सञ्चालक रविन पुरी चल्ला उत्पादन धेरै हुँदा र बिक्री नहुँदा धेरै समस्या झेल्नुपरेको बताउँछन् ।

पछिल्लो समय किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । उनका अनुसार पहिला ३ सय ५० ह्याचरी दर्ता भएकोमा अहिले ८० मात्रै दर्तामा रहेका छन् ।

‘अहिले संघले चालेको कदम एकदमै ठिक छ,’ उनले भने, ‘एक साता चल्ला निकालिएन भने कुखुरा पनि कम हुन्छन्, त्यसपछि किसानले पनि रेट पाउलान कि भन्ने आश छ ।’

पञ्चकन्या फर्मले सातामा ८० देखि ९० हजार चल्ला उत्पादन गर्ने क्षमता राख्छ । माग कम भएपछि ४० देखि ५० हजार मात्रै उत्पादन गरिएको थियो । त्यसमा पनि बिक्री नै नभएपछि खाल्डो खनेर गाड्नु परेको उनले बताए ।

पोल्ट्री क्षेत्रमा मात्रै १ खर्ब ६० अर्ब रुपैयाँ लगानी रहेको छ । ‘यति धेरै लगानी, रोजगारी र आत्मनिर्भर भएको व्यवसायलाई सरकारले पनि वास्ता गरेको छैन,’ उनले भने, ‘यस्तै अवस्था रहने हो भने यो व्यवसाय साँच्चै धरासायी भएर जान्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group