ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक बढुवामा कुरा बल्झियो, मन्त्रीले बैठक सार्न प्रस्ताव गरेपछि चर्काचर्की


abc news
२२ असार २०८२, आइतबार   ६ : २८   बजे

काठमाडौ २२ असार । ​​शिक्षामन्त्री रघुजी पन्तले बैठक सार्न प्रस्ताव गरेपछि विद्यालय शिक्षा विधेयक पास गर्न भनेर बोलाइएको बैठकमा चर्काचर्की परेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मन्त्री पन्तले अझै कतिपय विषयमा सहमतिका लागि समय चाहिने भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

त्यसपछि सांसदहरूले सरकारको तर्फबाट पटक(पटक धोका दिने काम भएको भन्दै आपत्ति जनाएका थिए । त्यसक्रममा सांसदहरूबीच चर्काचर्की परेको थियो ।

समिति सभापति अम्बरबहादुर थापाले सरकारले संसदीय समितिलाई खेलौनाजस्तो बनाउने काम गरेको आरोप लगाए । ‘विधेयक पास गरेन भनेर समितिलाई सार्वजनिक रूपमा दबाब दिने काम भएको छ । समितिलाई खेलौनाजस्तो बनाउनु भयो,’ थापाले भने ।

सभापति थापाका अनुसार अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गर्न दरबन्दीको ६० प्रतिशत अहिले कार्यरत शिक्षकबाट पदपूर्ति गर्ने विषयमा समितिमा सहमति भएको छ ।

तर कतिपय सांसदले शिक्षक महासंघको प्रतिनिधिको रूपमा काम गरेका कारण विवाद भएको उनले बताए । ‘६०र४० को अनुपातमा समाधानको कुरा थियो, शिक्षक महासंघका प्रतिनिधिले हामीसँग त्यो मान्छौं भनेका थिए । तर सांसदहरूले फरक(फरक कुरा ल्याउनुभएको छ,’ थापाले भने, ‘प्रत्येक व्यक्तिको कुरा सुनेर अगाडि बढ्यो भने कानून बन्दैन ।’

अहिले शिक्षकको बढुवाको कुराले अड्किएको उनले बताए ।

विधेयकमा सहमति जुटाउन गठित उपसमितिका संयोजक छविलाल विश्वकर्माले शिक्षक महासंघले जिद्दी गरेर समाधान नहुने बताए । ‘उहाँहरूले गर्नुभएका माग, स्वयं शिक्षकका लागि पनि उचित हुँदैन, समग्रतामा हेर्नु पर्‍यो ।’

सभापति थापाले अन्तिम पटकका लागि ५ दिन समय दिने बताए ।

तर, मन्त्री पन्तले विधेयकमा सहमतिका लागि दिन नतोकी समय दिनुपर्ने आग्रह गरे । ‘दिन तोकेको चार दिनमा पनि हुनसक्छ, सात दिन पनि लाग्न सक्छ,’ मन्त्री पन्तले भने ।

त्यसपछि सभापति आक्रोशित हुँदै अनिश्चितकालका लागि बैठक स्थगित गरेर निर्वाचन क्षेत्रमा जाने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group