ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच आज भेटवार्ता हुँदै


abc news
२३ असार २०८२, सोमबार   १२ : २७   बजे

काठमाडौ २३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेट हुँदैछ । यो भेटले गाजामा चलिरहेको २१ महिनाको युद्ध अन्त्यको आशा जगाएको समाचार संस्था अलजजिराले जनाएको छ । तर विश्लेषकहरुले यसको दीर्घकालीन सफलताप्रति आशङ्का व्यक्त गरेका छन् ।

यो वर्ष तेस्रोपटक नेतन्याहू र ट्रम्पबीच भेट हुन लागेको हो । गएको हप्ता ट्रम्पले इजरायलले गाजामा ६० दिनको युद्धविरामको सर्त स्वीकार गरेको दाबी गर्नुभएको थियो । उहाँले यो युद्धविरामबाट दीर्घकालीन शान्तिको बाटो खुल्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।

सैबीच इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता कतारको राजधानी दोहामा हिजोदेखि नै फेरि शुरु भएको छ । यो वार्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको अमेरिका प्रस्थानअघि शुरु भएको हो । कतार यस द्वन्द्वमा एक प्रमुख मध्यस्थ राष्ट्रका रूपमा सक्रिय रहँदै आएको छ ।

एक प्यालेस्टिनी अधिकारीका अनुसार दोहामा शुरु हुने वार्ताले सम्भावित युद्धविरामका शर्त, बन्धक तथा बन्दीहरूको आदानप्रदान र गाजाको राफा नाका फेरि खोल्ने विषयमा केन्द्रित रहनेछ । पछिल्लो समय गाजामा मानवीय अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group