ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फरेन्सीक ल्याब रिर्पोट: गुण्डा नाईके लामाकै पेस्तोलबाट गोली चलेको पुष्टि


admin
१८ चैत्र २०७४, आइतबार   ५ : १९   बजे

काठमाडौं, १८ चैत । फरेन्सीक ल्याबबाट आएको रिर्पोटले गुण्डा नाईके गणेश लामाको साथमा फेला परेको पेस्तोल बाटै गोली चलेको पुष्टी गरेको छ । गुण्डा नाईके लामालाई फागुन ३० गते गौशालास्थित पशुपति भिजन अगाडी गोली चलेपछि प्रहरीले पेस्तोल र गोली सहित पक्राउ गरेको थियो ।

लामाले आफुमाथि आक्रमणको प्रयास भएपछि उसैको हतियार नियन्त्रणमा लिएको र उक्त हतियार आफ्नो नभएको इन्कारी बयान दिएका थिए । प्रहरीले उक्त पेस्तोल र हतियार जाँचका लागी फरेन्सिक ल्याबमा पठाएको थियो ।

‘गणेश लामाको साथमा फेला परेको हतियारबाटै गोली चलेको पुष्टि भएर आएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० विश्वराज पोखरेलले भने, ‘लामाको साथमा फेला परेको हतियार र घट्नास्थलमा फेला परेको गोलीको खोका हामीले फरेन्सिक जाँचका लागी पठाएका थियौं ।’

फागुन ३० गते अचानक गोली चलेको आवाज आएसँगै घट्नास्थमा पुगेको प्रहरीले लामाको साथमा फेला परेको ‘टाइप ५४ चाईनिज ठूलो’ पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको थियो । ‘टाइप ५४ चाईनिज ठूलो’ प्रहरीले पनि प्रयोग गर्दै आएको छ । प्रहरीले प्रयोग गर्ने उक्त पेस्तोल द्वन्द्वकालमा हराएको या लुटिएको हतियार हुनसक्ने बताइएको छ ।

उक्त हतियारको नम्बर मेटेको अवस्थामा लामको साथबाट प्रहरीले बरामद गरेको थियो ।

लामा नेपाली काङ्ग्रेसबाट प्रदेशसभातर्फ काभ्रेबाट चुनाव लडेका थिए । उनीमाथी काठमाडौं प्रहरीले हिरासतमा राखेर हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईं समूह र सरकारबीच १४ बुँदे सहमति

एमालेले ओलीलाई हटाउने योजना नरहेको महासचिव पोखरेलको स्पष्टीकरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu